कोरोना परिक्षणको दायरा घट्दै, तर, दैनिक १८ हजार पीसीआर परीक्षण क्षमता भएको सरकारको दावी

काठमाडौं । दैनिक कोरोना भाइरसको परिक्षणको दायरा घटाउँदै लिएको छ । तर, सरकारको दाबी भने नेपालमा दैनिक १८ हजारभन्दा बढी पीसीआर परीक्षण गर्न सक्ने क्षमता भएको दावी गरेको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नेपालमा दैनिक १८ हजार १ सय ६० वटा पीसीआर परीक्षण क्षमता भएको दाबी गरे । मन्त्रालयले दैनिक १८ हजारभन्दा बढीको कोरोना परीक्षण क्षमता भएको दाबी गरे पनि सरकारले पछिल्लो समय पीसीआर परीक्षणको दायरा घटाउँदै लिएको छ ।
पछिल्लो समय दैनिक चार हजारभन्दा कम नमुना परीक्षण भइरहेका छन्।आइतबार ३ हजार ३ सय जनाको मात्रै पीसीआर परीक्षण गरिएको छ। विज्ञहरुले कोरोना परीक्षणको दायरा बढाउनु पर्ने बताउँदै आएपनि सरकारले त्यसलाई बेवास्ता गर्दै आएको छ। सरकारले पछिल्लो समय लक्षण नदेखिएकाहरुको पीसीआर नगर्ने नीति लिएको भन्दै त्यसको आलोचना हुँदै आएको छ। साथै पछिल्लो समय १४ दिन आइसोलेसनमा बसेका कोरोना संक्रमितको पुनः परीक्षण नगरेरै घर पठाउने गरिएको छ।
यस्तै १४ दिन क्वारेन्टिनमा बसेका र लक्षण नदेखिएकाहरुलाई पनि सरकारले कोरोना भाइरसको परीक्षण नगरेरै घर पठाउने गरेको छ। यस्तो नीतिले समुदायमा कोरोना फैलिने भन्दै सरकारको आलोचना भइरहेको छ। परीक्षणको दायरा घटाउँदै लगेको सरकारले कोरोना संक्रमणको जोखिम यथावत नै रहेको भन्दै सतर्क रहन आग्रह गर्दै आएका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #कोरोना भाइरसको परिक्षण
ताजा खबर
- १एक नेपालीको थाप्लोमा ७९ हजार २०० ऋण, सार्वजनिक ऋण २३ खर्ब नाघ्यो
- २विश्वासघातको आरोपमा अभिनेता अनमोल केसी पक्राउ
- ३९ दिनदेखिको आन्दोलनरत शिक्षक र सरकारबीच के के भयो सहमति, आन्दोलन फिर्ता
- ४कर्णालीका मुख्यमन्त्री राजकुमारले भने ऐन, कानुन माफियाले बनाउछन् कि जस्तो लाग्छ !
- ५दोलखाबाट चार किलो सुन बरामद, तीन जना पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्