काठमाडौं, पर्सा र झापामा सबैभन्दा बढी कोरोना संक्रमित भेटिए

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ३३ जना कोरोनाभाइरस संक्रमित फेला परेका छन् । यसमध्ये धनकुटाका १, सुनसरी ४, झापा २५, मोराङ २, सप्तरी ७, सुनसरी १, बारा १, सर्लाही २, पर्सा ३१, धुनषा १, काठमाडौँ १०, चितवन २, उदयपुर १, कास्की ५, लमजुङ ३, बागलुङ १, तनहुँ १, बाँके २, बर्दिया २, दाङ ४, नवलपरासी पूर्व ४, रुपन्देही ४, जाजरकोट १, कालिकोट २, दैलेख ८ र कैलालीका ८ जना रहेका छन् । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ३८३ रहेको छ ।
यसमध्ये प्रदेश १ मा १४६, प्रदेश २ मा १९०१, बागमतीमा ४३९, गण्डकी प्रदेशमा ३३१, प्रदेश ५ मा ३५४, कर्णालीमा ३१५ र सुदूरपश्चिम १ हजार ८ सय ९७ जना रहेका छन् । पछिल्लो २४ घण्टामा १ सय ७ जना डिस्चार्ज भएका छन् । योसँग डिस्चार्ज हुनेको कूल संख्या १२ हजार ९४७ जना रहेको छ । नेपालमा ७० दशमलव ४६ प्रतिशत संक्रमित निको भएका छन् । रौतहट कैलाली र बाजुरा जिल्लामा ५ सयभन्द बढी संक्रमित उपचाररत छन् भने पाँचथर, भोजपुर, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ गरी ६ वटा जिल्ला संक्रमणमुक्त रहेका छन् । हाल क्वारेन्टिनमा १९ हजार ४ सय ४४ जना रहेका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #कोरोनाभाइरस संक्रमित
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्