सुरु भयो काठमाडौं उपत्यकामा जाम, सार्वजनिक सवारी साधन चल्न सुरु

काठमाडौं । करिव ३ महिना सुनसान बनेका काठमाडौं उपत्यकाका सडकमा सवारी साधनको चाप ह्वात्तै बढेको छ । सरकारले लकडाउन हटाएको घोषणा गरेसँगै काठमाडौं उपत्यकामा आवात–जावत बढेको छ । सबै यातायात ब्यवसायीले बिहिबारदेखि यातायात सञ्चालन गर्ने निर्णय गरेसँगै सडकमा जाम सुरु भएको छ । नीजि सवारी साधनको जोरबिजोर प्रणाली समेत हटेका कारण बिगतमा जस्तै जाम सुरु हुन थालेको हो । कालिमाटी, कोटेश्वर, जडिबुडी, बानेश्वर, त्रिपुरेश्वर लगायतका क्षेत्रहरुमा सवारी साधनको चाप बढेको छ । ट्राफिक प्रहरीलाई पनि यातायात सञ्चालनका लागि सहजता बनाउनका लागि दौडधुप देखिन्छ ।
चैत ११ बाट सुरु भएको लकडाउन १ सय २० दिनपछि अर्थात मंगलबार मध्य रातीदेखी सरकारबाट अन्त्यको घोषणा गरेको थियो । दुई जनामा कोरोना संक्रमण देखिएको बेला सुरु गरिएको लकडाउन संक्रमित संख्या १८ हजार नाघ्दा खोलिएको छ । सरकारले लकडाउन हटेको भनिरहँदा अझै कोरोना कहर भने अन्त्य भएको छैन । बुधबार सय जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ । १२ हजार ६ सय ८४ जनाले कोरोना जित्दा अझै ५ हजार ३ सय ७० उपचाररत छन् । कोरोनाका कारण बुधबार थप २ र बिहिबार एक जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ४३ पुगेको छ ।
अव थप सर्तकता अपनाऔं
लकडाउन खुकुलो भएसँगै उपत्यका बाहिरबाट उत्तिकै मानिसहरु राजधानी भित्रिएका छन् । त्यसैले पनि संक्रमणको सम्भावना झन् बढेको छ । सरकारले समुदायमा व्यापक परीक्षण गरेर मात्र सामाजिक र आर्थिक व्यवस्थापनबारे सोच्नुपर्नेमा सरकारले जनताको ज्यान भन्दा अर्थतन्त्रमा बढी ध्यान दिएको छ । लकडाउन खुकुलो गर्नुअघि समाजमा संक्रमण कुन स्तरमा छ भनेर थाहा पाउनुपर्ने थियो । तर, केही नगरी लकडाउन खोल्दिएँ भन्नुको अर्थ बुझेर सबै नागरिक आफै सचेत बन्नुपर्ने समय आएको छ ।
लकडाउन खुलेपछि संक्रमण फैलिएका देश धेरै छन् । नजिकको उदाहरण बनेको छ दक्षिणी छिमेकी देश भारत । जहाँ संक्रमण र मृत्युदर निकै उच्च बन्दा रोकथाम नै जटिल बनिरहेको छ । अमेरिका, ब्राजिल लगायतका देश लकडाउन फलो नगर्दा र जनजिवन तथा अर्थतन्त्र चलायमान गराउँछु भन्दा कोरोना हब जस्तै बनेका छन् । यही परिदृश्य नेपालमा पनि दोहोरिन सक्ने भन्दै जनस्वास्थ्य विज्ञहरुले बारम्बार सरकारलाई चेतावनी दिएका छन् । समुदायस्तरमा जाँच गरेर कोरोनाको अवस्था पहिचान गर्न गरिएको आग्रह सरकारले कत्तिपनि सुनेन । काठाडमौं लगायतका केही स्थानमा जाँच गरिएपनि प्रभावकारी नभएको भन्दै जनस्तर र स्वास्थ्य विज्ञहरुले बिरोध गरेका छन् । नेपालमा संक्रमणको सम्भावना टरेको हो वा अब कसरी सतर्कता अपनाउनुपर्छ भन्नेहरु बढ्दैगर्दा तपाई हामी सबैले लकडाउन खुलेको नभई खकुलो भएको बुझ्नुपर्छ । भिडभाड हुने ठाउँलाई बन्देज लगाएको छ । यति हुँदाहुँदै पनि मानिसहरु लकडाउन खुलेको भनेर भ्रममा परेभने महामारीको खतरा बढ्न सक्छ ।
संक्रमणको जोखिम हिजो पनि थियो, आज पनि छ र भोलि पनि हुनेछ । त्यसैले सचेत भएर दैनिक जीवनमा फर्कनुपर्छ । तपाई सकभर भीडभाडमा नजानु नै राम्रो जानै परे माक्स, ग्लोब लगाएर जादा जोखिम कम हुन्छ । बाहिर जादा वा फर्किदा कुनै बस्तु छोएपछि सेनिटाइजर वा साबुन पानीले मिचिमिचि हात धुनु नै अहिलेका लागि संक्रमण रोकथामको उत्तम उपाय । भौतिक दुरी कायम गर्ने बानिको विकास गरौँ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #सुरु भयो काठमाडौं उपत्यकामा जाम
ताजा खबर
- १सरकारले यो वर्ष पनि भेटाएन सर्वोत्कृष्ट निजामती कर्मचारी !
- २संघीय निजामती र शिक्षा ऐन संसदमा दर्ता गर्ने सरकारको निर्णय
- ३कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीलाई २४ घण्टाभित्र नियुक्त गर्न परमादेश, उद्धव थापा पदमुक्त
- ४कोशी सरकार विरुद्धको रिटमा आज पनि बहस
- ५प्रतिनिधि सभा बैठकमा आज चार जना मन्त्रीसँग प्रश्नोत्तर
तपाईको कमेन्ट लेख्नुहोस्