गाडी, जहाज, होटल, शैक्षिक संस्था, सीमा सबै बन्द, सरकारले कसरी गर्यो लकडाउन खुला ?

काठमाडौं । सरकारले १ सय २१ दिन लामो लकडाउन अन्त्य गरेको घोषणा गर्यो । मंगलबार राति १२ बजेदेखि आकस्मिक रुपमा लकडाउन अन्त्य भएको घोषणा गरेको सरकारले मानिसको दैनिक जीवनसँग जोडिएका क्षेत्र भने नखुल्ने जनाएको छ । शैक्षिक संस्था, धार्मिक तथा सामाजिक स्थलहरु, टिउसन सेन्टर, सिनेमा हल, डान्सबार, सैलुन व्युटि पार्लर स्वीमिङ पुल लगायतका क्षेत्र अर्को निर्णय नभएसम्मका लागि बन्द नै छन् । साउन १५ गतेबाट होटल, रेष्टुरेण्ट, ट्राभल र टेकिङ एजेन्सी र पर्वतारोहण सम्बन्धि कार्यालयहरु खुला गर्ने निर्णय गरेको छ । खोलिएका होटलहरुमा सेमिनार र भेला गर्न भने पाइने छैन् ।
लामो दुरीका सवारी साधन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय हवाई उडान पनि बन्द छन् । अन्तर्राष्ट्रिय सीमा नाका पनि साउन ३२ गतेसम्म आवत जावत बन्द छ । अन्तर्राष्ट्रिय खेलका प्रशिक्षण र प्रारम्भिक खेलहरु पनि बन्द छन् । धेरै मानिसको दैनिक जीवनसँग जोडिएका क्षेत्र बन्द रहँदा सरकारले भने लकडाउन खुला भएको भन्दै पत्रकार सम्मेलन नै गरेर जानकारी गरायो । अधिकांश मानिसहरु लकडाउन खुला भएको भन्दै सबै क्षेत्र खुला भयो होला भनेर अलमलमा परेका छन् । कोरोना भाइरसको रोकथाम तथा उपचारका लागि भन्दै चैत ११ गतेदेखि लागू भएको लकडाउन अन्त्य भएको सरकारले औपचारिक घोषणा गरे पनि व्यवहारिक रुपमा भने भदौ १ गतेदेखि लागू हुने देखिएको छ।
एकातिर लकडाउन अन्त्य भएको घोषणा गर्ने अर्कोतिर मुख्य क्षेत्र भदौ १ गतेदेखि खुला हुने सरकारको निर्णयले अलमलमा पारेको छ । मुख्य क्षेत्र भदौ लागेपछि खुल्ने भने पनि लक डाउन अन्त्य भएको घोषणा सरकारले गर्नुका पछाडि राजश्व संकलन नै प्रमुख उद्देश्य देखिन्छ । सर्वोच्च अदालतले बन्दाबन्दी पूर्ण रुपमा खुलेको एक महिनाभित्र भ्याट, अन्तशुल्क, आयकर उठाउन सरकारलाई आदेश दिएको छ। सर्वोच्चले लकडाउन अवधिलाई शून्य अवधि मानेर कर प्रशासनमा समेत यस्तो आदेश दिएपछि ढुकुटीमा जम्मा हुनु पर्ने ५२ अर्ब रुपैयाँभन्दा बढी रोकिएको छ। जसलाई उठाउन सरकारले बन्द हुदाहुँदै पनि लकडाउन खुला भएको घोषणा गरेको प्रष्ट देखिन्छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #लामो लकडाउन अन्त्य
ताजा खबर
- १सरकारले यो वर्ष पनि भेटाएन सर्वोत्कृष्ट निजामती कर्मचारी !
- २संघीय निजामती र शिक्षा ऐन संसदमा दर्ता गर्ने सरकारको निर्णय
- ३कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीलाई २४ घण्टाभित्र नियुक्त गर्न परमादेश, उद्धव थापा पदमुक्त
- ४कोशी सरकार विरुद्धको रिटमा आज पनि बहस
- ५प्रतिनिधि सभा बैठकमा आज चार जना मन्त्रीसँग प्रश्नोत्तर
तपाईको कमेन्ट लेख्नुहोस्