एक जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४१ पुग्यो
काठमाडौं । नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश १ मा कोरोनाभाइरस संक्रमितको उपचारका क्रममा दोस्रो व्यक्तिको मृत्यु भएको छ। प्रदेश २ को महोत्तरी जिल्लाका ६० वर्षीय पुरुषको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोभिड(१९ उपचारका क्रममा मंगलबार राति मृत्यु भएको हो । उनी कोरोनाको लक्ष्यणसहित गम्भीर अवस्थामा साउन ३ गते अस्पतालमा भर्ना भएका थिए।
अस्पतालमा भर्ना गर्दा परिवारले महोत्तरीस्थित घरमा असार २८ गतेबाटै उनलाई उच्च ज्वरो आएको थियो । साउन ३ गते भर्ना गरिएसँगै मृतकको स्वाब नमूना परीक्षण गरिएको र साउन ४ गते संक्रमण पुष्टि भएको थियो । यसअघि प्रतिष्ठानमा सप्तरीका ७३ वर्षीय पुरुषको पनि कोभिड १९ कै कारण मृत्यु भएको थियो । तर, दासमा उच्च रक्तचाप, मुटुको रोग, दम लगायतको समस्या रहेको थियो । यससँगै नेपालमा कोभिड १९ को कारण ४१ जनाको मृत्यु भएको छ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #कोरोना संक्रमितको मृत्यु
ताजा खबर
- १‘फेवातालको किनारबाट सिंहदरबारलाई अल्टिमेटमः ‘भाषणको रेल होइन, बाँच्ने आधार चाहियो’
- २पूर्वप्रधानमन्त्री देउवा सिंगापुरबाट हङकङ प्रस्थान
- ३नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखराः हरेक नागरिकको अवस्था अब महानगरको हातमा
- ४कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छः सुरेन्द्र पाण्डे
- ५कार्की आयोगको प्रतिवेदन खोज्दै रक्षा बमले सोधिन–मेरो हातमा रगत लागेको छ ?



तपाईको कमेन्ट लेख्नुहोस्