एक जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४१ पुग्यो
काठमाडौं । नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश १ मा कोरोनाभाइरस संक्रमितको उपचारका क्रममा दोस्रो व्यक्तिको मृत्यु भएको छ। प्रदेश २ को महोत्तरी जिल्लाका ६० वर्षीय पुरुषको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोभिड(१९ उपचारका क्रममा मंगलबार राति मृत्यु भएको हो । उनी कोरोनाको लक्ष्यणसहित गम्भीर अवस्थामा साउन ३ गते अस्पतालमा भर्ना भएका थिए।
अस्पतालमा भर्ना गर्दा परिवारले महोत्तरीस्थित घरमा असार २८ गतेबाटै उनलाई उच्च ज्वरो आएको थियो । साउन ३ गते भर्ना गरिएसँगै मृतकको स्वाब नमूना परीक्षण गरिएको र साउन ४ गते संक्रमण पुष्टि भएको थियो । यसअघि प्रतिष्ठानमा सप्तरीका ७३ वर्षीय पुरुषको पनि कोभिड १९ कै कारण मृत्यु भएको थियो । तर, दासमा उच्च रक्तचाप, मुटुको रोग, दम लगायतको समस्या रहेको थियो । यससँगै नेपालमा कोभिड १९ को कारण ४१ जनाको मृत्यु भएको छ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #कोरोना संक्रमितको मृत्यु
ताजा खबर
- १रुकुमपश्चिम कांग्रेसमा उम्मेद्वार सिफारिसमा किचलो, सहमति नै नभई कसरी बाहिरियो नाम ?
- २सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि
- ३सल्लाघारीको सभाबाट ओलीको प्रश्न–एमालेमाथि प्रहार किन ?
- ४राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा
- ५अन्तरिम सरकारद्वारा मन्त्रिपरिषद् विस्तारः चार नयाँ मन्त्रीले लिए शपथ



तपाईको कमेन्ट लेख्नुहोस्