धादिङमा पहिरो जाँदा एकैपरिवारका तीन जनाको ज्यान गयो
काठमाडौं । धादिङ्गमा सोमबार राति पहिरो जाँदा एकै परिवारका तीन जनाको ज्यान गएको छ। त्रिपुरासुन्दरी गाउँपालिका–६ गोलाङमा राति दुई बजेपछि पहिरो जाँदा घर पुरिएर सुतिरहेका तीन जनाको ज्यान गएको हो । पहिरोमा परी मृत्यु हुनेमा २५ वर्षका मिलन खाँड, उनकी श्रीमती २२ वर्षकी सम्झना खाँड र छोरी दुई वर्षकी अञ्जिता रहेका छन् ।
भूकम्पले भत्किएको घर हालै पूनर्निर्माण सकेर खाँड परिवार नयाँ घरमा बसेको थियो । तर, घरमाथिबाट आएको पहिरोले उनीहरुलाई पुरेको हो । तीनैजनाको शव निकालेर पोस्टमार्टमका लागि सल्यान्टार प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #पहिरो
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्