Techie IT
  • २ माघ २०८१, बुधबार
KhojPatrika

पछिल्लो २४ घण्टामा ३७ सय ४१ को पिसिआर परिक्षण गर्दा १५६ जनामा कोरोना पुष्टि


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा तीन हजार सात सय ४१ जनाको पीसीआर परीक्षण गर्दा १ सय ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार थप १ सय ५६ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ११ हजार ६ सय ५८ पुगेको जनाएको छ।

पछिल्लो २४ घण्टामा ५८ जना उपचारपछि निको भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ११ हजार ६ सय ९५ पुगेको छ। कोरोना जित्नेको यो संख्या कुल संक्रमितमध्ये ६६ दशमलव २४ प्रतिशत पुगेको हो। अहिले क्वारेन्टाइनमा २२ हजार ६ सय ६२ रहेको छ। पाँच हजार आठ सय २५ जनाको आइसोलेसनमा उपचार भइराखेको छ।

कोरोनाले ज्यान गुमाउने संख्या भने ४० पुगेको छ। पाँच सय बढी संक्रमित भएका तीन जिल्ला रौतहट, कैलाली र बाजुरामा पाँच सय बढी संक्रमित रहेका छन् । त्यसैगरी कोरोना संक्रमण शुन्य हुने जिल्ला भोजपुर, पाँचथर, धनकुटा, रसुवा, मनाङ, मुस्ताङ र हुम्ला र जुम्ला हुन् ।
कुन जिल्लामा कति भेटिए संक्रमित
पछिल्लो २४ घण्टामा सुनसरीका १, सप्तरीका ३२, सिराहाका १, पर्साका ७, बाराका १, सर्लाहीका २५, काठमाडौँका १, ललितपुरका २, मोरङका १, रौतहटका २ जनामा कोरोना पुष्टि भएको छ । यस्तै मकवानपुरका १, कास्कीका ६, लमजुङका ६, बागलुङका १, म्याग्दीका ६, स्याङजाका २, पर्वतका १, रुपन्देहीका २, प्युठानका १, बाँकेका ५, वर्दियाका १०, दाङका ५, नवलपरासीका १०, सल्यानका १, डढेलधुराका २ र कैलालीका २४ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म प्रदेश नम्बर १ मा ८ सय ३०, प्रदेश नम्बर २ मा ४ हजार ५ सय ५१, बागमती प्रदेशमा ८ सय ५६ र गण्डकी प्रदेशमा १ हजार ३ सय ८१ जनामा संक्रमण देखिएको छ। यस्तै प्रदेश नम्बर ५ मा ४ हजार १ सय ७२, कर्णाली प्रदेशमा १ हजार ८ सय १४ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ५४ जनामा संक्रमण देखिएको छ। हाल २२ हजार ६ सय ६२ जना क्वारेन्टिनमा रहेका छन्। अहिले देशका विभिन्न आइसोलेसनमा ५ हजार ९ सय २३ जना संक्रमित उपचाररत रहेका छन्।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्