नेकपाको स्थायी कमिटी बैठकमा मंसिरमै महाधिवेशन गर्ने प्रस्ताव पेश गर्ने तयारी

काठमाडौं । सत्तारुढ दल नेकपामा नयाँ बिषय प्रबेश पाएसँगै स्थायी कमिटि बैठक सञ्चालन हुने देखिएको छ । पटक–पटक स्थगित हुँदै आएको नेकपाको स्थायी कमिटी बैठकमा नयाँ प्रस्ताव पेश गर्ने तयारी गरिएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुबै पद छाड्नुपर्ने माग उठेपछि असार २० यता लगातार स्थगित हुँदै आएको बैठक आइतबार अपराह्न ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुन लागेको हो । गत असार १० गते सुरु भएको स्थायी कमिटीको बैठकमा अधिकांश सदस्यहरुले ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग राखेपछि फुटको संघारमा पुगेको नेकपाको विवाद तत्कालका लागि मत्थर हुने संकेत देखिएको छ ।
शनिबार बसेको सचिवालय बैठकमा ओलीले २०७७ चैतमा गर्ने भनिएको महाधिवेशन आगामी मंसिरमै गर्ने प्रस्ताव अघि सारेपछि प्रचण्डले सहमति जनाएको बताइएको छ । यद्यपी प्रचण्ड सचिवालयले भने सहमति नभएको जनाएको छ । योसँगै ओलीले तत्काल दुबै पदबाट राजीनामा दिन नपर्ने भएको छ । तर, अग्रिम महाधिवेशनको प्रस्तावमा माधवकुमार नेपालले असहमति राखेकाले अझै ठोस सहमति हुन सकेको छैन ।
पार्टी एकताको काम नै पूरा नभएको अवस्थामा आउने मंसिरमै महाधिवेशन गर्न सम्भव नहुने नेपालको भनाइ छ । वरिष्ठ नेता झलनाथ खनाल र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि ओलीको प्रस्तावमा असहमत देखिएका छन् । अग्रिम महाधिवेशनको विषय दुई अध्यक्षको सहमतिमा मात्र नभई स्थायी कमिटी र केन्द्रीय कमिटीबाट टुंग्याउनुपर्ने नेता नेपालको माग छ । नेपालले दुई अध्यक्षबीचको सहमतिबाट मात्रै नभई पार्टी कमिटीबाट निर्णय हुनुपर्ने अडान लिएका छन् । सचिवालय बैठक लगत्तै शनिबार साँझ अध्यक्षद्वय ओली र प्रचण्डले शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि परामर्श समेत गरेका थिए । नेकपाका नेताहरु पटक पटक पार्टीभित्रको विवाद लिएर राष्ट्रपतिलाई भेट्न पुगिरहेका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #नेकपामा नयाँ बिषय प्रबेश
ताजा खबर
- १एक नेपालीको थाप्लोमा ७९ हजार २०० ऋण, सार्वजनिक ऋण २३ खर्ब नाघ्यो
- २विश्वासघातको आरोपमा अभिनेता अनमोल केसी पक्राउ
- ३९ दिनदेखिको आन्दोलनरत शिक्षक र सरकारबीच के के भयो सहमति, आन्दोलन फिर्ता
- ४कर्णालीका मुख्यमन्त्री राजकुमारले भने ऐन, कानुन माफियाले बनाउछन् कि जस्तो लाग्छ !
- ५दोलखाबाट चार किलो सुन बरामद, तीन जना पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्