प्युठानमा ट्रयाक्टर दुर्घटना,सात जनाको ज्यान गयो
प्युठान । जिल्लाको रुमालेका ट्रयाक्टर दुर्घटना हुँदा सात जनाको ज्यान गएको छ । स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा शनिबार राति लु २ च ४२३४ नम्बरको ट्रयाक्टर दुर्घटना भएर ७ जनाको ज्यान गएको हो । स्वर्गद्वारी धरमपानीबाट भिङ्ग्रीतर्फ आउँदै गरेको ट्रयाक्टर दुर्घटना हुँदा भिङग्री–स्वर्गद्वारी सडक खण्डमा काम गर्ने कामदारको मुत्यु भएको हो । मृत्यु हुनेहरुमा रोल्पा रुन्टीगढी गाउँपालिका ५ का २१ वर्षीय सागर बस्नेत, २४ वर्षीय रिमबहादुर बस्नेत, २५ वर्षीय कबिराम बस्नेत, १९ वर्षीय विरेन्द्र बाठामगर, १९ वर्षीय थमन बाठामगर, रोल्पाकै त्रिवेणी गाउँपालिकाका चालक २५ वर्षीय कमल कुँवर र उमेर नखुलेका गोवर्द्धन बुढामगर छन् ।
धरमपानीबाट भिङ्ग्रीतर्फ आउँदै गरेको सो ट्याक्टरमा आठ जना सवार थिए । तीमध्ये रोल्पाका विशाल थापा मात्र हामफालेर बाँच्न सफल भएका छन् । ट्याक्टर सडकबाट करिब पाँच सय मिटर तल खसेको छ । वर्षा भइरहेकाले उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । भृङ्ग्री स्वर्गद्वारी सडक स्तारोन्नतिको काममा खटिएका मजदुर दुर्घटनामा परेका हुन्।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज
ट्याग : #प्युठानमा ट्रयाक्टर दुर्घटना
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्