अध्यक्षद्धयबीच सहमति नभएपछि नेकपामा सचिवालय बैठक
काठमाडौं । पटक पटक नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई पार्टीको विवाद मिलाउन स्थायी कमिटि बैठकले जिम्मा दिएपनि सहमति जुट्न सकेको छैन् । ६ पटक स्थगित भएको स्थायी कमिटि बैठक आइतबारका लागि बोलाइएको छ । त्यसअघि सहमति जुटाउन शनिबार सचिवालय बैठक बोलाइएको छ । थप बल्झिएको नेकपाको विवाद समाधानको प्रयासमा सचिवालयमा छलफल हुने बताइएको छ । सचिवालय बैठक दिउँसो तीन बजे बोलाइएको छ ।
गत असार १७ गतेदेखि सुरु भएको स्थायी कमिटीको बैठकमा अधिकांश सदस्यहरुले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेका थिए । प्रधानमन्त्री ओली भने दुवै पद नछाड्ने अडानमा छन् । विवाद उत्कर्षमा पुगेपछि शीर्ष नेताहरुबीच दुई पक्षीय र त्रिपक्षीय छलफल पनि भएको थियो । तर, ती छलफलबाट पनि सहमति नजुटेपछि नेताहरु सचिवालय बैठकमा फर्किएका हुन् ।
यसअघि सचिवालय बैठकमा विवाद बढेपछि स्थायी कमिटी बैठक सुरु गरिएको थियो । शुक्रबार ओली र प्रचण्डबीच भएको छलफलमा स्थायी कमिटी बैठक स्थगित गरेर सचिवालय बैठक बोलाउने सहमति भएको थियो । प्रचण्ड र माधव नेपालले स्थायी कमिटिबाट निकास नआए केन्द्रीय कमिटिको बैठक बोलाउने तयारी समेत गरेका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #नेकपामा सचिवालय बैठक
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्