प्राविधिक विनाको डोजरे विकासले निम्त्याएको बिनास
काठमाडौं । बुधबार राति सिन्धुपाल्चोकको बाह्रविसेमा पहिरो जाँदा ३ जनाको ज्यान गयो भने २० जना अझै बेपत्ता छन् । पहिरोको मुख्य कारण थियो प्राविधिक अध्ययन विनै जथाभावी सडक विस्तार । यो त एउटा उदाहरण मात्रै हो । देशका बिभिन्न जिल्लामा बर्षा सुरु भएसँगै वाढी र पहिरोले ठूलो धनजनको क्षति गरिरहेको छ । गाउँ–गाउँमा प्राबिधिक बिनै खनिएका सडकले यतिबेला सर्वसाधारणलाई सास्ती दिइरहेको छ । पहाडी जिल्लामा जताभावी डोजर र स्काभेटरबाट सडक निर्माण गर्दा पहिरोको जोखिम उच्च छ । गाउँमै सडक पुर्याउने होडबाजीमा रहेका कतिपय स्थानमा त सर्वसाधारणले आफै पैसा उठाएर समेत सडक निर्माण गरे । बाक्लो बस्ती रहेका स्थानमा डोजर तथा स्काभेटर चलाउँदाको असर यतिबेला देखिएको छ । सडक बिस्तारका नाममा गरिएको विकासले न भूगोलको अध्ययन भयो न त प्राविधिक रुपमै नापजाँच नै भयो । जताबाट घुमाएपनि सडक घरकै आँगनमा पुर्याउनुपर्छ भन्ने मानसिकताका कारण थप जटिलता पैदा भएको बिज्ञहरु बताउछन् ।
स्थानीय तहमा प्राप्त बजेटको दुईतिहाइ हिस्सा धुलेसडकमा खर्च भइरहेको छ । स्थानीय तहमा सबैभन्दा ठूलो प्राथमिकता नै सडकलाई बनाइन्छ । संघीय सरकारले निर्माण गर्ने सडक ठेक्का प्रक्रियाबाट निर्माण व्यवसायीमार्फत निर्माण हुने गर्छन् । तर, स्थानीय तहमा बन्ने सडकमा उपभोक्ता समितिमार्फत बनाइन्छ जहाँ इन्जिनियर हुदैनन् र गाउँका टाठाबाठा र डोजर अपरेटरको मनमर्जीमा खनिन्छन् । स्थानीय नेता तथा कार्यकर्ताले इसारा गरेकै भरमा डोजर चलाइनु नै सबैभन्दा बाढी पहिरो र भूक्षयको जोखिम बढाउनु भएको पूर्वाधार विज्ञहरु बताउछन् । एकपटक खनिएका सडकको मर्मतसम्भारमा न्यून प्राथमिकता छ । सडक विभागबाट मात्र होइन, संसदीय क्षेत्र विकास कोष, महिला तथा बालबालिका मन्त्रालय, ऊर्जा मन्त्रालयलाई छुट्याएको रकम पनि उपभोक्ता समिति मार्फत सडक निर्माणमा खर्च भइरहेको छ । यहि बिषय सोमबार संसद अन्तर्गतको राज्य व्यवस्था समितिमा जोडतोडले उठ्यो ।
विकासका नाममा अनियन्त्रित रुपमा डोजर पहाड फोड्ने तथा खन्ने काम हुँदा जोखिम बढेको सांसदहरुले बताएका छन् । सांसदहरुले जनप्रतिनिधिका आफन्तले डोजर किन्ने र आवश्यक नपरे पनि ती डोजरलाई काम दिनका लागि बजेट विनियोजन हुने गरेकाले विपद बढेको भन्दै पहिरो नियन्त्रणका लागि जनप्रतिनिधि वा उनीहरुका आफन्तमाथि डोजर किन्न नपाउने गरी प्रतिबन्ध लगाउनु पर्ने माग गरे । पहाडमा एक महिनादेखि अधिकांश स्थानमा पहिरो जानु अब्यवस्थित सडक निर्माण नै मुख्य कारण भएको छ ।
तराई क्षेत्रमा पनि अब्यवस्थित रुपमा तटबन्ध र बाँध निर्माणले सधैं जोखिम बढाइरहेको छ । बर्षा सुरुभएसँगै तराई मधेश क्षेत्र सधैं बाढीका कारण बस्ती नै डुवानमा पर्छन् । अध्ययनविना नै बनाइएका तटबन्ध र बाँधका कारण बाढी या उर्लीएर आउने खहरे खोलाले समेत बर्षेनी धनजनको क्षति हुँदै आएको छ । तटबन्ध तथा बाँध फुट्ने र घरमा भएको अन्नपात नै बगाइदिने समस्याका कारण सर्वसाधारणले बर्षेनी सास्ती खेप्दै आएका छन् । विकास हुनु राम्रो पक्ष हो । तर, सरकारको मापदण्ड विपरित राजनीतिक स्वार्थमा गरिएका विकासले विनास निम्त्याइरहेका छन् । जसलाई नियमण गर्न जरुरी छ अन्यथा सधैं धनजनको क्षति रोकिने छैन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #डोजरे विकास
ताजा खबर
- १भीम रावललाई घनश्याम भुसालको आह्वानः एकीकृत समाजवादीमा आउनुस्
- २लिपुलेकबारे चीन–भारत सहमतिले नेपालको सार्वभौमिक अखण्डता अतिक्रमण भयोः विप्लव
- ३कांग्रेसको एक वर्षभित्र महाधिवेशन गर्न दबाब बढाउनुसः शेखर कोइराला
- ४भारतीय पूर्वप्रधानमन्त्री सिंहको राजकीय अन्त्येष्टि
- ५माओवादी पहिलो दल भए गिरिबन्धु, वाइडबडी सबै फाइल खोल्ने प्रचण्डको चेतावनी
तपाईको कमेन्ट लेख्नुहोस्