अबैध मिर्गौला प्रत्यारोपन : वडाध्यक्ष, चिकित्सकदेखि प्रहरीसम्मको कनेक्सन
काठमाडौं । अबैध मिर्गौला प्रत्यारोपनमा कनेक्सन वडाध्यक्षदेखि प्रहरीसम्म पुगेको छ । शनिबार चितवनबाट ३ जना चिकित्सक पक्राउ गरेको प्रहरीले आइतबार वडाध्यक्ष सहित ९ जना पक्राउ गर्यो । अहिलेसम्म अबैध मिर्गौला प्रत्यारोपनको आरोपमा १२ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको मानव बेचविखन ब्यूरोको टोलीले नौ जना ललितपुरबाट र चितवनबाट तीन जनालाई पक्राउ गरेको छ । उनीहरूमाथि २०७६ जेठ २७ गते नक्कली माानिस खडा गरेर भरतपुर मेडिकल कलेज चितवनमा मृगौला प्रत्यारोपण गरेको आरोप लागेको छ । पक्राउ पर्नेमा ललितपुर वडा नम्बर ३ का श्रीगोपाल महर्जनसहित ३ जना डाक्टर, २ जना महिला, १ जना कानून व्यवसायी र अन्य ५ जना रहेका छन् । वडाध्यक्ष महर्जनले नक्कली आफन्त बनाएर सिफारिस दिएको खुलेको छ ।
मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुरका चिकित्सक डा. राकेशकुमार बर्माको योजनामा अवैध रुपमा मिर्गौला प्रत्यारोपण भएको खुलासा भएको छ । मिर्गौला रोग विभागका प्रमुख प्रा.डा. बर्मा सहित प्रा.डा. बालकृष्ण कालाखेती, डा. किरण अधिकारी र डा. सुप्रभात श्रेष्ठ पक्राउ परेका छन् । जसमा नेपाल प्रहरीका दुई जना अधिकारीले समेत बर्मालाई सहयोग गरेका छन् । पक्राउ परेका १२ जनामध्ये प्रहरी सहायक निरीक्षक भीमप्रसाद खनाल र प्रहरी नायब निरीक्षक योगेन्द्रराज थपलिया पनि छन् । खनालले नै मिर्गौला प्रत्यारोपण गर्नुपर्ने परिवारकी जमुनाराज भण्डारीलाई डा. बर्मासँग भेटाइदिएका थिए । भण्डारीले भक्तपुरकी रेश्मा राईमार्फत खनाललाई भेटेको र उनले १० लाख रुपैयाँ लिएर विचौलियाका रुपमा काम गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
प्रहरीमा परेको एउटा बेनामी उजुरीको मद्दतले गैरकानुनीरुपमा गरिने मिर्गौला प्रत्यारोपण गर्ने र्याकेटको पोल खुलेको हो । गत कार्तिक ३ गते परेको सो उजुरीकै आधारमा चितवनस्थित कलेज अफ मेडिकल साइन्स (सीएमएस) मा नक्कली कागजात खडा गरी विदेशमा रहेको व्यक्तिको विवरण प्रयोग गरेर तेस्रो मानिसको मिर्गौला झिकी प्रत्यारोपण गरेको आरोपमा १२ जना पक्राउ परेका हुन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, स्वास्थ्य
ट्याग : #अबैध मिर्गौला प्रत्यारोपन
ताजा खबर
- १भीम रावललाई घनश्याम भुसालको आह्वानः एकीकृत समाजवादीमा आउनुस्
- २लिपुलेकबारे चीन–भारत सहमतिले नेपालको सार्वभौमिक अखण्डता अतिक्रमण भयोः विप्लव
- ३कांग्रेसको एक वर्षभित्र महाधिवेशन गर्न दबाब बढाउनुसः शेखर कोइराला
- ४भारतीय पूर्वप्रधानमन्त्री सिंहको राजकीय अन्त्येष्टि
- ५माओवादी पहिलो दल भए गिरिबन्धु, वाइडबडी सबै फाइल खोल्ने प्रचण्डको चेतावनी
तपाईको कमेन्ट लेख्नुहोस्