पिसिआर परिक्षण घट्दा सक्रमित संख्या पनि घट्यो
काठमाडौं । सरकारले असार १५ गतेदेखि १० हजारबढी पिसिआर बिधिबाट कोरोना भाइरस परिक्षण गर्ने बताएको दुई साता पुग्न लाग्दा परिक्षण ह्वात्तै घटाएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न २५ वटा प्रयोगशालामा ३ हजार ९ सय १६ जनाको मात्रै पीसीआर परीक्षण गर्दा ८२ जनामा कारोना भाइरस पोजेटिभ देखिएको हो । यो सँगै नेपालमा संक्रमितको संख्या १६ हजार ८ सय १ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ सय ४७ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । अहिलेसम्म कोरोना जित्नेको संख्या ८ हजार ५ सय ८९ पुगेको छ ।
जिल्ला जिल्लामा कोरोना संक्रमित घटेपनि काठमाडौं उपत्यकामा संक्रमितको संख्या भने बढ्दै छ । काठमाडौं उपत्यकामा समुदायमा कोरोना नफैलिएको दाबी गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दाबी गरेपनि उपत्यका १२ स्थानबाट ३ हजार जनाको स्वाव परिक्षण गर्दा ३ जनामा कोरोना पोजेटिभ देखिएको छ । अहिलेसम्म उपत्यकाका तीनै जिल्लामा गरी ३ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा अहिलेसम्म ३८ जनाको मृत्यु भएको छ । मृत्यु भएका २४ जना दिर्घरोगी रहेको र अन्य ५० बर्ष माथिको रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै, संक्रमितमध्ये ८ हजार १ सय ७४ जनाको आइसोलेसनमा उपचार भइरहेको छ । अहिलेसम्म कूल ५ लाख ९५ हजार ९ सय २ कोरोना परीक्षण भएको छ । २ लाख ८३ हजार ५ सय १५ वटा पिसिआर र ३ लाख १२ हजार ४ सय २ वटा आरडिटी परिक्षण भएको मन्त्रालयले जनाएको छ । देशभरका २५ वटा प्रयोगशालमा कोरोना परिक्षण भइरहदा क्वारेन्टिनमा २३ हजार ७ सय ८४ जना रहेका छन् । सरकारले परिक्षणको दायरा बढाउने गफ दिएपनि झनै परिक्षण घटाउनुले त्रास फैलाएको छ । पत्रकार सम्मेलनमा नै गरी मन्त्री भानुभक्त ढकालले गरेको घोषणा पूरा गर्न नसक्नु नैतिकतामा समेत प्रश्न उठेको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #पिसिआर बिधिबाट परिक्षण
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्