८ जिल्लामा बाढीपहिरोको बितण्डा : २३ जनाको मृत्यु, ३६ बेपत्ता
काठमाडौं । लगातार परेको बर्षासँगै आएको बाढी र पहिरोको कारण धनजनको क्षति भएको छ । शुक्रबार मात्र ८ जिल्लामा बाढीपहिरोले प्रभावित बनाएको छ । पछिल्लो बिवरण अनुसार पहिरोमा परी २३ जनाको मृत्यु भएको छ, भने ३६ जना बेपत्ता छन् । त्यस्तै, २६ जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । म्याग्दीको धौलागिरी गाउँपालिका र मालिका गाउँपालिकामा बाढीपहिरोमा परी ३ जनाको मृत्यु भएको छ भने ३१ जना बेपत्ता छन् ।
म्याग्दीमा पहिरोमा ३५ घर समेत पुरिएको छ । यस्तै, लमजुङको बेशीसहर नगरपालिका–७ सातबिसेमा पहिरोले पुरिँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ भने तीनजना घाइते भए । कास्कीको पोखरा महानगरपालिका सराङकोट, हेम्जा र पैतलेडाँडामा पहिरोले पुरिँदा सातजनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । घाइतेहरुको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । सराङकोटमा पहिरो खस्दा घरपरिवारसहित जन्मदिनको पार्टी मनाउन आएका पाहुना पुरिएका हुन् ।
रुकुमपश्चिमको आठविसकोट नगरपालिका–३ स्यालाखदीमा पहिरोले पुरिँदा २ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ पुल्चोक र हिलेवस्तीमा पहिरो गएको छ । दर्जनौं घरहरुमा क्षति पुगेको छ । त्यस्तै जाजरकोटको बारेकोट गाउँपालिका–४ सार्कीगाउँमा पहिरो जाँदा ७ जनाको मृत्यु भएको छ भने ५ जना अझै बेपत्ता छन् । यस्तै पाँच जना घाइते भएका छन् ।
यसैगरी दोलखामा पनि पहिरो गएको छ । दोलखाको निरी नगरपािलका –५ लिडकलमा पहिरो गएको हो । पहिरोले २ दर्जनभन्दा बढी घरहरुमा क्षति पुगेको छ । यस्तै गुल्मीको कालीगण्डकी गाउँपालिका–४ फुसेमा पनि पहिरो गएको छ । पहिरोमा एकज नाको मृत्यु भएको छ । बुधबार राति सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिकामा पहिरो जाँदा २ जनाको मृत्यु भएको थियो भने घटनामा २० जना बेपत्ता छन् । बेपत्ताहरुको उद्धार र खोजबिनमा स्थानीय प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयहरु खटिएका छन् । अझै पानी पर्ने क्रम नरोकिएकाले सर्तक रहन गृहमन्त्रालयले आग्रह गरेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #बाढी र पहिरो
ताजा खबर
- १भीम रावललाई घनश्याम भुसालको आह्वानः एकीकृत समाजवादीमा आउनुस्
- २लिपुलेकबारे चीन–भारत सहमतिले नेपालको सार्वभौमिक अखण्डता अतिक्रमण भयोः विप्लव
- ३कांग्रेसको एक वर्षभित्र महाधिवेशन गर्न दबाब बढाउनुसः शेखर कोइराला
- ४भारतीय पूर्वप्रधानमन्त्री सिंहको राजकीय अन्त्येष्टि
- ५माओवादी पहिलो दल भए गिरिबन्धु, वाइडबडी सबै फाइल खोल्ने प्रचण्डको चेतावनी
तपाईको कमेन्ट लेख्नुहोस्