भाइरल दुई भिडियो, महिलामाथि निर्घात कुटपिट

काठमाडौं । हाम्रो घर अनि परिवार हुँदै समाजमा समेत यतिबेला अमानवीय हर्कतहरु बढिरहेका छन् । आज हामी रुकुम पश्चिमको आठविकोट नगरपालिकामा प्रहरी र नगरप्रहरीले मदिरा सेवन गरेकी एक महिलामा गरेको निर्घात कुटपिट र अछाम मंगलसेनका एक परिवारले भारतमा चोरीको आरोपमा बुहारी कुटे । सामाजिक सञ्जालमा भाइरल दुई घटनाले परिवार र समाज कता जादैछ भन्ने तथ्य उजागर गरेका छन् । यतिबेला दुई महिलालाई निर्घात कुटपिट गरिएका दुई भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।
रुकुम पश्चिमको आठविकोट नगरपालिकामा प्रहरी र नगरप्रहरीले मदिरा सेवन गरेकी एक महिलामा गरेको निर्घात कुटपिट र अछाम मंगलसेनका एक परिवारले भारतमा चोरीको आरोपमा बुहारीलाई गरेको कुटपिटको भिडियो सामाजिक सञ्जालमा भाइरल भएका हुन् । केही समयअघिको घटना भएपनि दुबै भिडियोमा अमानविय तरिकाले कुटपिट गरिएको छ ।
नगरप्रहरी र प्रहरीले नै महिलामाथि लाठी र जुत्ता बर्साएपछि…..
रुकुमपश्चिको आठविसकोट नगरपालिमा नेहा बिष्ट एक महिला नगर प्रहरी र नेपाल प्रहरीबाट कुटिइन । जेठ १ गते भएको यो घटनाको दृश्य झण्डै दुई महिना ढिलो सार्वजनिक भएपनि सुरक्षाकर्मीहरुले अमानवीय ढंगले कुटेको भन्दै सामाजिक सञ्जालमा यतिबेला चर्को आलोचना भइरहेको छ । आठविसकोट नगरपालिकाको नगर प्रहरीमा कार्यरत प्रहरी जवान निर्मला विकले पटकपटक ती महिलालाई लाठी हानेको भिडियोमा देखिन्छ । जिल्ला बाहिरबाट आएर हेल्प डेस्कमा प्रहरीलाई दुब्र्यवहार गरेको आरोपमा महिलामाथि कुटपिट भएको हो । विष्ट जिल्लाबाहिरबाट नगरपालिकामा पुगेकी थिइन ।
उनको ज्वरो नाप्ने क्रममा मदिरा सेवन गरेर स्वास्थ्यकर्मी र सुरक्षाकर्मी माथि महिला उच्छृखल रुपमा प्रस्तुत भएपछि नगर महिला प्रहरी निर्मला विकले लाठीले निर्घात कुटपिट गरिरहेकी छन् । दुबैलाई छुटाउन प्रहरीले प्रयास गरेजस्तो गरेपनि बिष्टलाई कुट्न प्रहरीले समेत साथ दिएको देखिन्छ । नगरप्रहरी नै कुटपिटमा संलग्न भएपछि आठविसकोट नगरपालिकाका मेयर गोर्खबहादुर केसीले घटनाको अनुसन्धान भइरहेको र कारवाही प्रक्रिया अघि बढेको जानकारी दिए । भिडियो मंगलबार साँझ सामाजिक सञ्जाल मार्फत सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको बताएको छ ।
तीन सदस्यीय छानविन समिति बनाएर अनुसन्धानका लागि प्रहरी घटनास्थलमै पुगेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी निरिक्षक कविराज रोकायले बताए । महिला कुटपिटमा संलग्न एक जना हवल्दार दुर्घटनामा घाइते भएर अस्पतालमा उपचाररत् छन् । अन्य दुई जना प्रहरी जवानलाई जिल्लामा तानेर आन्तरिक छानविन सुरु गरिएको प्रहरीले जनाएको छ । मदिरा सेवन गरेपनि नगरप्रहरी र प्रहरीले नै देखाएको यो ब्यवहार कदापी स्वीकार्य छैन् । दोषीमाथी कारवाही होस् ।
ससुराले बुहारी कुटे, श्रीमानले भिडियो खिचे
अछामको मंगलसेन नगरपालिका –३ लाछिमना घर भइ हाल भारतको पुनामा बस्दै आएका एक ससुराले आफ्नी बुहारीलाई मरणासन्न हुनेगरी कुटेको भिडियो पनि यतिबेला समाजिक सञ्जालमा भाइरल बनेको छ । ससुरा कालु भुलले बुहारी भरु बिकलाई कुटपिट गरेको भिडियो भाइरल भएको हो । बुहारीले काम गर्ने घरकी मालिकनीको लिपिस्ष्टिक र घडी चोरेको भन्दै सुसुराले बुहारीलाई कुटेका थिए । झनै अचम्म लाग्दो कुरा त यो छ की उक्त कुटेको भिडियो ती बुहारी (भरु) कै श्रीमान दिनेशले खिचेका हुन ।
एक वर्ष पहिले दिनेशसँग भागी विवाह गरेकी थिइन् । १६ वर्षीया भरुको माइती मंगलसेन नगरपालिका ७ जनालीबण्डीमा पर्छ । यी दुबै भिडियोमा निर्घात कुटपिट भइरहेको छ । मानविय संबेदनाहिन देखिने यी दृश्यले समाज कता जाँदैछ भन्ने प्रश्न उब्जाइएको छ । व्यस्त जस्वनशैली र मदिराको लतले यतिबेला घर परिवार र समाजमा बिग्रह बढाइरहेको छ । गल्ती जस्तोसुकै होस, आखिर ठूलाको होस् वा सानाको अमानविय तरिकाले निर्घात कुटपिट गरिनु अपराध नै हो । रुकुम घटनाको दोषीमाथी कारबाही सुरु हुनु सकारात्मक मान्नुपर्छ । दुबै घटनामा संलग्नहरुमाथी छानविन सहित कडाभन्दा कडा कारबाही होस् । अनि मात्र घर–घरमा बढ्दैगरेका यस्ता महिला हिंसाका घटनामा कमी आउने छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #रुकुम पश्चिमको आठविकोट नगरपालिका
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्