‘इनफ इज इनफ’ अभियानको अनशन स्थगित, सरकारसँग १२ बुँदे सहमति

काठमाडौं । सरकारले स्वास्थ्य सामग्री खरिदमा अनियमिता गरेको भन्दै आमरण अनसनमा बसेका इनफ इज इनफ’ अभियानका युवाहरुले अनशन स्थगित गरेका छन् । कोरोना भाइरस विरुद्ध सरकारी प्रयास कमजोर भएको भन्दै त्यसको विरोधमा युवाहरुको अभियान ‘इनफ इज इनफ’ र सरकारबिच सहमति भएपछि अनशन स्थगित भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सत्याग्रही युवाबिच सोमबार १२ बुँदे सहमति भएको हो । सोही सहमति अनुसार मंगलबार बिहान इनफ इज इनफका सत्याग्रही इशान अधिकारी सहितले अनशन तोडेका छन् । सत्याग्रही युवा र सरकारबिच विदेशबाट आएका व्यक्तिलाई पाँच दिन क्वारेन्टिनमा राखेपछि मात्रै परीक्षण गरेर इच्छा अनुसार होम क्वारेन्टाइन वा होटल क्वारेन्टाइन वा सार्वजनिक क्वारेन्टाइनमा बस्ने या राख्ने व्यवस्था गर्ने सहमति भएको छ ।
होम क्वारेन्टिनको निर्देशिका हप्तादिन भित्र तयार पार्ने सहमति पनि भएको छ ।यस्तै, जोखिममा रहेका सबै (लक्षण देखिएका र नदेखिएका पनि ) को राज्यको नीति अनुसार पीसीआर परीक्षण गर्ने गरी हालको निर्देशिका एकसाताभित्र परिमार्जन गर्ने, आरडीटीको प्रयोग स्थगित गर्ने, क्वारेन्टिन र सेन्टरमा समयका आधारमा छुट्याएर राख्ने व्यवस्था गर्ने, क्वारेन्टिनमा रहेकाहरुको अनिवार्य रुपमा पीसीआर परीक्षण गर्ने र नेगेटिभ देखिए मात्रै भर पठाउने तथा समाजमा पुनस्थापना गर्ने व्यवस्थाको कार्यविधि निर्देशिका यसै हप्ता तयार गर्नेसहितका सहमति भएको छ ।
यस्तै, सर्वोच्च अदालतको फैसला अनुसार परीक्षण तथा क्वारेन्टिन लगायतका विषयमा हाल जारी निर्देशिका एवम् प्रोटोकललाई परिमार्जन गर्नेसहित सहमति भएको छ । युवाहरुले कोरोना भाइरसको परीक्षण आरडीटी विधिबाट नभई पीसीआरबाट हुनु पर्ने, क्वारेन्टिनको व्यवस्था राम्रो हुनु पर्ने, भ्रष्टाचार रोकिनु पर्ने र नागरिकको जीवन रक्षा गर्नु पर्नेसहितका माग राखेर आन्दोलन गर्दै आएका थिए । अनशनमा बसेका युवालाई भेट्न हेम्स हस्पीटलमा प्रधानमन्त्री केपी शर्मा ओली पनि भेट्न पुगेका थिए ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #इनफ इज इनफ’ अभियान
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्