सडक कालोपत्रे नभएसम्म हरिसिद्धि गोदावरी सडक बन्द, वडाध्यक्ष समेत आन्दोलनमा

काठमाडौं । ललितपुर महानगरपालिकाको हरिसिद्धिमा सडक पिच नभएको भन्दै वडाध्यक्ष समेत आन्दोलनमा उत्रिएका छन् । वडा नम्बर २८ का अध्यक्ष राजेश महर्जन स्थानीयले गरेको आन्दोलनमा एक्यबद्धता जनाउन सडकमै गएका हुन् । उनले आफूले सडक निर्माणका लागि पटक पटक ध्यानाकर्षण गराउँदा समेत कसैले चासो नदिएको गुनासो गरे । हरिसिद्धमा सडक नबनेको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका छन् । ‘गुमज महिला समूह’को आह्वानमा हरिसिद्धिका विभिन्न महिला समूहहरूले सोमबारदेखि सुरु गरिएको आन्दोलन मंगलबार पनि जारी छ ।
लामो समयसम्म पनि सडक पिच गर्न कसैले ध्यान नदिएपछि बिभिन्न नारासहित सडकमै उत्रिएका हुन् । एम्बुलेन्स बाहेक अन्य सवारी साधान आवात जावतमा रोक लगाइएको छ । सडक कालोपत्रे नभएसम्म हरिसिद्धि गोदावरी सडकखण्डमा आन्दोलन जारी राख्ने स्थानीयहरुले बताएका छन् । ग्राभेल हालेर पिच गर्नुपर्ने सडकमा माटो हालेर जनतालाई सास्ती दिएको भन्दै स्थानीयले लामो समयदेखि आन्दोलन गरिरहेका छन् । उक्त सडक पानी पर्दा हिलाम्मे र घाम लाग्दा धूलो उडेर हैरान भएको स्थानीयको भनाई । सडक पिच नहुने बेलासम्म आन्दोलन जारी राख्ने आन्दोलित महिलाहरूको चेतावनी छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज
ट्याग : #हरिसिद्धि सडक
ताजा खबर
- १एनसेलको शेयर बिक्रीले खैलाबैला,छानविन गर्न समिति गठनदेखि अदालतको अंकुशसम्म !
- २बेलायतले रुसलाई लगायोआफ्ना शीर्ष नेताविरुद्ध साइबर जासुसी गरेको आरोप
- ३गाजाको अवस्था अत्यन्त खराब भएको संयुक्त राष्ट्रसंघीय एजेन्सीको दाबी
- ४राष्ट्रियसभा निर्वाचनका लागि कार्यतालिका सार्वजनिक,दल दर्ता गर्न निर्वाचन आयोगको आह्वान
- ५त्रिभुवन विमानस्थल भन्सारबाट १४ किलो सुन बरामद, ज्याकेट र जुत्तामा लुकाएको फेला (भिडियो सहित)
तपाईको कमेन्ट लेख्नुहोस्