काठमाडौं उपत्यकामा ठेकेदारहरुको मनोमानी, काम सक्नभन्दा ठेक्का हत्याउन बढी जोडबल

काठमाडौं । उपत्यकालाई आसपासका भित्रि भूभाग र अन्य जिल्लासँग नजिकबाट जोड्ने सडक अनि पर्यटकिय क्षेत्रसम्म काठमाडौं उपत्यकाको सिधा सम्पर्क गराउने सडकहरुलाई सरकारले लाईफ लाईन सडकका रुपमा परिभाषित गर्यो । विशेष महत्व दिएर ठेक्का सम्झौता गरिएका तीनै १५ वटा लाईफलाईन सडकले अहिले निर्माण क्षेत्रमा राम्रो काम गर्न चाहाने र गरेकाहरुलाई समेत बद्नाम गराइरहेका छन् । हिउँदमा धुलो र बर्षादको समयमा हिलोको जोखिम व्यहोरीरहेका सर्वसाधारण सरकार र ठेकेदारसँग आक्रोशित बन्दै आएका छन् । पटक पटक बिरोध र आन्दोलन गर्दा समेत सडक नबनेकोमा जनतामा आक्रोश बढिरहेको छ ।
ठेक्का सम्झौता गरेर रकम बुझ्ने अनि समयमा काम नसकिएका सडक आयोजनाहरुको विवरण
लगनखेल सातदोवाटो सडकखण्ड
ठेकेदार पक्षः समानान्तर निर्माण सेवा
ठेक्का सम्झौता मितिः २०७३ जेठ २६
कुल लम्बाईः ८०० मिटर
कमलविनायक नगरकोट सडकखण्ड
ठेकेदार पक्ष शैलुङ्ग कन्स्ट्रक्सन
ठेक्का सम्झौता मितिः २०७१ असार २
कुल लम्बाईः १५ दशमलव ६६ किलोमिटर
चाबहिल–जोरपाटी–साखुँ सडकखण्ड
ठेकेदार पक्षः युनाइटेड विल्डर्स
ठेक्का सम्झौता मितिः २०७२ असोज ३१
जोरपाटी–गोकर्ण–सुन्दरीजल सडकखण्ड
ठेकेदार पक्षः आशीष/सीएम जेभी
ठेक्का सम्झौता मितिः २०७३ असार ३
कुल लम्बाईः७ किलोमिटर
ढोलाहिटी–सुनाकोठी–चापागाउँ–लेले सडकखण्ड
ठेकेदारहरुः दिवा र शैलुङ जेभी, कन्टेक प्रालि, पप्पु कन्स्टक्सन, महाभिजन र वल्र्डवाइड जेभी
ठेक्का सम्झौता मितिः२०७३ असार २६
कुल लम्बाईः१० किलोमिटर
कर्मनाशा–हरिसिद्धि–गोदावरी सडकखण्ड
ठेकेदार पक्षः आशिष/सीएमजेभी, लामा/समानान्तर जेभी
ठेक्का सम्झौता मितिः २०७३ असार ३
कुल लम्बाईः८ किमि
इमाडोल–गोदावरीखोला–लामाटार सडकखण्ड
ठेकेदार पक्षः डाँफे/समानान्तर जेभी, आशीष/सीएम/ड्रागन जेभी, लामा/ समानान्तर जेभी
ठेक्का सम्झौता मितिः २०७३ जेठ २६
कुल लम्बाईः ८ किमि
बल्खु दक्षिणकाली सडकखण्ड
सीमाञ्चल–गौरीपार्वती–सुनौले खिम्ती (जेभी)
ठेक्का सम्झौता मितिः २०७२ जेठ २०
कुल लम्बाईः ९.३६ किलोमिटर
त्रिपुरेश्वर– कलंकी– नागढुंगा सडकखण्ड
ठेक्का सम्भौता मितिः २०७२ असार ३१
कुल लम्बाईः १३ किमि
यी सबै सडकखण्ड ठेक्काको समयअवधी गुजारेर अलपत्र बनाइएका सडकखण्डहरु हुन् । यसरी सडकको ठेक्क लिएर समयमा काम नसकिनुमा मुख्य दोषी ठेकेदारहरु नै हुन् । घर लगायतका भौतिक संरचना समयमा सरकारले नहटाएको बहानामा केही स्थानका सडक अलपत्र पारिदा केही सडकको स्तरउन्नती र विस्तारमा अदालत समेत बाधक बनेको छ ।
ठेक्का सम्झौता अनुसार काम नगर्ने ठेकेदारहरुः
आशीष सीएम जेभी, सञ्चालक शान्तकुमार श्रेष्ठ
समानान्तर निर्माण सेवा प्राली, निर्देशक सुमन थापा
शैलुङ कन्ट्रक्सन सञ्चालक शारदाप्रसाद अधिकारी
सिमाञ्चल–गौरी पार्वती–सुनौलो खिम्ती दीपक सापकोटा र भीमसेन भण्डारी
ठेकेदार बालकृष्ण थापा, रामशरण बुढाथोकी लगायतका थुप्रै ठेकेदारहरु ठेक्का हत्याएर समयमा काम नसक्ने लिस्टमा रहेका निर्माण व्यवसायी हुन् । समयमा सडक नबनाएको भन्दै गाडी तथा भित्तामा फोटो टाँसेर स्थानीयले विरोध जनाएका ठेकेदार हुन्, सारदा प्रसाद अधिकारी र दिपक सापकोटा । तर सरकारले समयमा काम गर्न गरेको ताकेता र स्थानीयका विभिन्न तरिकाका दबाबलाई समेत सडकको ठेक्का लिएकाहरुले बेवास्ता गर्दै आएका छन् । कतिपय पूर्वाधार विज्ञहरु ठेकेदार र राजनीतिज्ञहरुको कनेक्सन नटुट्दासम्म विकास निर्माणको ढिलासुस्ती यथावत रहने बताइरहेका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #ठेकेदारहरुको मनोमानी
ताजा खबर
- १डा.बाबुराम भट्टराईले किन दिए कुकुरले घाँस खाने अभिब्यक्ती ?
- २गगन थापाको प्रस्तावः निजामती सेवाको खुलातर्फ भित्रबाट प्रतिस्पर्धा गर्न नपाइने व्यवस्था गरौँ
- ३निजामती कर्मचारी संगठनको महाधिवेशनमा निर्वाचन प्रक्रिया अघि बढ्यो, रेवन्त गौतम र भवानी दाहाल प्रतिष्पर्धामा
- ४ठमेलमा प्रहरी कुट्ने अखिल नेता जोशीलाई ७ दिन हिरासतमा राख्न अनुमति
- ५मःम पसलको ग्यास विस्फोट घटनाः अर्का एक जना घाइतेको पनि मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्