Techie IT
  • १९ मंसीर २०८०, मंगलबार
KhojPatrika

यातायातमा हाम्रो नजर, कर बुझाउन समेत घण्टौं लाइन, टोकनमा पनि मागिन्छ पैसा


काठमाडौं । कोरोना संक्रमणको जोखिम गर्न सरकारले सरकारी कार्यालय दुई सिफ्टमा सञ्चालन गर्न निर्देशन दिएको छ । तर, अधिकांश सरकारी कार्यालय अहिलेपनि एक सिफ्टमा सञ्चालन भइरहेका छन् । सरकारी कार्यालयमा कामकारवाही कस्तो चल्दैछ ? कोरोना भाइरस जोखिम कम गर्न सर्तकता अपनाईको छ या छैन् यहि बुझ्न हामी काठमाडौंको सानो भर्याङ र सुकेधारास्थित यातायात व्यवस्था सेवा कार्यालयमा पुग्यौं । 

दुई सिफ्टमा सञ्चालन गर्न भनिएको कार्यालय एक सिफ्टमा मात्रै सञ्चालन भएको पाइयो । कार्यालय अस्तब्यस्त, लाइनमा भद्रगोल, कोरोनाको जोखिमबाट बच्न कुनै सर्तकता अपनाइएको पाइएन । सेवाग्राहीको भीडभाड, भौतिक दूरी कायम नगराइएको र नगरिएको दृश्य हेर्दा कोरोनाको जोखिम सरकारी कार्यालयबाट त बढ्ने होइन भन्ने त्रास थियो । कर्मचारी अभावलाई कारण देखाउँदै १० बजेदेखी मात्रै सेवा दिइरहेको सानो भर्याङको यातायात व्यवस्था सेवा कार्यालयमा टोकन समेत ५ सयभन्दा बढीको बिक्रि भइरहेको सेवाग्राहीको गुनासो थियो । सरकारले असार मसान्तसम्म सवारीसाधनको नविकरण र कर तिर्ने बाध्यकारी सूचना जारी गरेपछि अहिले सर्वसाधारण भीडभाड गर्दै जोखिम मोलेर कर तिर्न बाध्य छन् ।

सबै सेवा एकै पटक दिन खोज्दा सेवाग्राहीको भिड लागेको र सेवाग्राहीलाई सावधानी सहित सेवा लिन आग्रह गरेपनि सेवाग्राहीले नै अटेर गर्दा कोरानाको जोखिम बढ्न सक्ने देखिएको छ । अझ् सरकारी कार्यालयमा दैनिक २ सयको काम गर्ने भन्दै लिष्ट बनाइन्छ । त्यहि लिष्टमा नाम पार्न पनि पैसा तिरिरकेको गुनासो सेवाग्राहीको थियो । उनीहरु भन्दै थिए सरकारले कर बुझाउन आउँदा पनि यस्तो बिजोग गरी लाइन लाग्नुपर्ने । बैंकिङ प्रणाली मार्फत कर तिर्दा कर्मचारी तथा त्यहा आउने बिचौलियाको खाने स्रोत समेत बन्द हुनेभएकोले सेवाग्राहीलाई सास्ती दिएको उनीहरुको आरोप थियो ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #यातायात व्यवस्था सेवा कार्यालय

तपाईको कमेन्ट लेख्नुहोस्