हतार–हतारमा संसद अधिबेशन अन्त्य,पार्टीको आन्तरिक कलह र दम्भले निम्त्याएको प्रश्न ?

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार बिहान ११ बजे नेकपाको स्थायी कमिटि बैठकको चहल–पहल सुरु भइसकेको थियो । तर, प्रधानमन्त्री केपी शर्मा ओली भने आकस्मिक मन्त्रीपरिषद् बैठक बोलाएर राष्ट्रपति बिद्यादेबी भण्डारीलाई भेट्न शितल निवास पुगे । राष्ट्रपति भण्डारीसँगको छलफलपछि प्रधानमन्त्री ओली आकस्मिक बोलाइएको मन्त्रिपरिषद् बैठकमा सहभागि त्यो पनि संघीय संसदका दुबै अधिबेशन अन्त्यको एजेण्डा लिएर । केहीबेर बसेको मन्त्रिपरिषद बैठकले संघीय संसदका दुबै बर्षे अधिबेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गर्यो । लगत्तै मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार साँझ ५ बजेदेखि लागू हुने गरी संसद अधिवेशन अन्त्य गरेको जानकारी संसद सचिवालयलाई गराइन ।
सरकारले अचानक संघीय संसदका चालू अधिबेशन अन्त्य गरेको छ । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटासँग समेत परामर्श नगरी सरकारले बर्षे अधिबेशन अन्त्य गरेपछि अनेकौं अड्कलबाजी सुरु भएको छ ।
पार्टीभित्रैबाट सरकारको आलोचना सुरु भएपछि त्यसको सामना गर्नुभन्दा अधिबेशन नै अन्त्य गर्ने कदम चालेको बिश्लेषण हुन थालेको छ । असार २२ गतेका लागि प्रतिनिधिसभा बैठक बोलाएका सभामुख अग्निप्रसाद सापकोटासँग सरकारले कुनै सल्लाह नै गरेन । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि आफूहरूसँग परामर्श नै नगरी अधिवेशन अन्त्य गरेकामा आपत्ती जनाएको छ । हतार–हतारमा प्रधानमन्त्री ओली किन संघीय संसदका दुबै अधिबेशन अन्त्य गर्ने निर्णयमा पुगे । त्यो भने खुल्न सकेको छैन् । संसद सचिवालयले भने चालु अधिवेशन कम्तीमा असार महिनासम्म लम्बिने बताउँदै आएको थियो । नागरिकता विधेयक, निजामती कर्मचारीको सेवा शर्त सम्बन्धी विधेयक यही अधिवेशनबाट पारित गर्ने तयारी थियो । तर, सरकारले संसदको बिजनेसको ख्यालै नगरी अन्त्यको सिफारिस गर्नुको पछाडिको कारण खुलाएको छैन् ।
कोरोना महामारीकै बीच संसद अधिवेशन वैशाख २६ गते सुरु भएको थियो । नीति तथा कार्यक्रम, बजेट पारित बर्षे अधिबेशनबाट भएको थियो । पाटीभित्रै प्रधानमन्त्री ओलीको राजीनामा माग्नु र संसदमा समेत सरकारमाथि प्रश्नै प्रश्न उब्जाउनुले पार्टीको आन्तरिक कलह र दम्भमा संसद अधिवेशन अन्त्य गरेर सरकार जनताको समस्या सुन्नबाट भाग्न खोजेको टिप्पणी हुन थालेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #संसदका दुबै अधिबेशन अन्त्य
ताजा खबर
- १एनसेलको शेयर बिक्रीले खैलाबैला,छानविन गर्न समिति गठनदेखि अदालतको अंकुशसम्म !
- २बेलायतले रुसलाई लगायोआफ्ना शीर्ष नेताविरुद्ध साइबर जासुसी गरेको आरोप
- ३गाजाको अवस्था अत्यन्त खराब भएको संयुक्त राष्ट्रसंघीय एजेन्सीको दाबी
- ४राष्ट्रियसभा निर्वाचनका लागि कार्यतालिका सार्वजनिक,दल दर्ता गर्न निर्वाचन आयोगको आह्वान
- ५त्रिभुवन विमानस्थल भन्सारबाट १४ किलो सुन बरामद, ज्याकेट र जुत्तामा लुकाएको फेला (भिडियो सहित)
तपाईको कमेन्ट लेख्नुहोस्