Techie IT
  • ९ जेठ २०७९, सोमबार
KhojPatrika

ललितपुर मालपोतमा भिडभाड, छैन् कोरोनाको त्रास 


ललितपुर । तीन महिना लामो लकडाउनमा घरभित्रै बसेका सर्वसाधारणको सरकारी कार्यालय खुलेपछि भिडभाड लाग्न थालेको छ । सरकारले भिडभाड हुने सरकारी कार्यालयमा सर्तकता अपनाउनका लागि दुई सिफटमा सञ्चालन गर्न निर्देशन दियो । तर, त्यसको कार्यान्वयन भएको छैन् । ललितपुरको लगनखेलस्थित मालपोत कार्यालमा हामी पुग्दा कुनै पनि सुरक्षा सर्तकता देखिएन ।
कार्यालय ब्यवस्थापन पक्षको कमजोरी र सेवाग्रहीको लापवार्हीले ललितपुर मालपोतमा कोरानाको जोखिम उच्च देखिन्छ । सरकारले तापक्रम मापन, साबुन पानीको उचित ब्यवस्थापन र सेवाग्राही विच भौतिक दुरी कायम गरी कार्यालय सञ्चालन गर्न निर्देशन दिएपनि ललितपुर मालपोतमा भने ठूलो संख्यामा सेवाग्राही दूरी कायम नगरी भिडभाड गरेर कार्यालय प्रवेश गरिरहेका थिए गेटमा तापक्रम नाप्न बसेका कर्मचारी कसैको तापक्रम चेकजाँच नै नगरी सेवाग्राहीलाई कार्यालय प्रवेश गराउनमा बाध्य थिए ।
कार्यालयको शौचालयमा न त पानी थियो न त साबुन नै कार्यालय अस्तब्यस्त र फोहोरै फोहोर देखिन्थ्यो । केही कर्मचारी सप्टवेयरले कायम नगरेको भन्दै एकै ठाउँमा जम्मा भएर लुडो खेल्न ब्यस्त देखिन्थे । सबै सेवा एकै पटक खुलाउदा सेवाग्राहीको भिड लागेको र सेवाग्राहीलाई सावधानी सहित सेवा लिन आग्रह गरेपनि सेवाग्राहीले नै अटेर गर्दा कोरानाको जोखिम बढ्न सक्ने मालपोत कार्यलय ललितपुरले बताएको हो ।
बिगतमा झै मालपोत कार्यालयमा भिडभाड । लाग्छ कोरोना भाइरस संक्रमणको कसैलाई डरै छैन् । सामान्य स्वास्थ सर्तकता समेत अपनाइएको देखिएन । कोरोनाको जोखिम कम गर्न मालपोत कार्यालयमा भौतिक दुरी कायम गरियोस् अनि सेवा दिदा वा लिदा कोरोनाको जोखिमबाट बच्न सर्तकता अपनाइयोस् बस हाम्रो चाहना यत्ति ।

क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #ललितपुरको मालपोत कार्याल

तपाईको कमेन्ट लेख्नुहोस्