कोरोना प्रभावितका लागि संकलन राहत एनआरएनए क्यानडाद्धारा झ्याम

काठमाडौं । काेराेना भाइरसका कारणले पिडित बनेकाहरुलाई सहयोग गर्न केही महिनादेखि स्वदेश वा विदेशमा राहत संकलन कार्यहरु संचालन भैरहेका छन । तर, ती संकलन गरिएका राहत पिडितले नपाएकाे र वितरण कार्य पनि पारदर्शिता नभएकाे गुनासाहरु बढन थालेका छन । राहत संकलन तथा वितरणमा विश्वभर राम्रो पहुँच र नेटवर्क भएको संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) ले उल्लेखनीय भुमिका निर्वाह गर्दै आएको छ । तर, केही देशमा भने संकलन भएको राहत एनआरएनएका पदाधिकारीले दुरुपयोग गरेका आराेप तथा गुनासाहरु बाहिरीएका छन । यस्तै, घटना एनआरएनए क्यानडाभित्र देखा परेको छ। एनआरएनए क्यानडाका युवा संयाेजक इश्वर खत्रीले उठाएको राहत मनाेमानी तरिकाले वितरण गरेको हिसाबकिताब पारदर्शी नबनाएकाे लगायतकाे आराेप लागेको छ । पटक पटक उठेको राहतको बारेमा स्पष्ट बनाउन दबाब आएपनि खत्रीलाई एनआरएनए क्यानडाका अध्यक्ष चिरण घिमिरेकाे संरक्षण रहेकाले उनलेे याे विषय मतलब नै गरेका छैनन् । यस्तै विषयले अहिले एनआरएनए क्यानडा भित्र लफडा मञ्चिएकाे छ ।
जनावरी १९ मा मा एनआरएनए क्यानडाका अध्यक्षको निर्देशनमा युवा संयोजक खत्रीले फेसबुक मार्फ़त राहत संक़लन कार्य सुरु गरेका थिए । साे समयमा कति पैसा उठेको भन्ने कुनै हिसाबकिताब खुलाइएको छैन । तर, राम्रो रकम संकलन जम्मा भएको जानकारहरु बताउछन् । समस्यामा परेका विद्यार्थी तथा अन्य नेपालीहरुलाई सहयोग गर्न उक्त राहत संकलन गरिएको थियोे । तत्काल समस्यामा रहेकाहरुलाई राहत उपलब्ध नगराएर जालझेल गरी नजिकै तथा आफन्तलाई केही राहत वितरण गरेको र अरु हिनामिना गरेको अर्को पक्षको आराेप छ । उक्त आराेप प्रति न इश्वर न अध्यक्ष घिमिरे दुबै गम्भीर बनेका छैनन् । Berrie र Sudbury मा राहत बाडेकाे कुरा जानकारी दिएपनि कतिलाई के कति राहत बाडेकाे हाे ? कुनै विवरण छैन । संस्थाको नाम जाेडिएपछि यसमा पारदर्शिता र जवाफदेहीता हुनु पर्दैनन् र ? एक जना एनआरएन क्यानडाका सदस्य बताउछन् । यस्तै North York को बिद्यार्थीलाई मात्र ५० Dollar को Gift Card दिइयो उनलेे प्रश्न गरे । Hand Sanitizer, Gloves &Mask मा ६ हज़ार डलर बराबरको सहयोग आएको तर त्यसको हिसाबकिताब पनि गायब पारिएको छ । युवा संयाेजक इश्वर र उपाध्यक्ष बिजय पाैडेलले आफ्नो घर बाट राहत वितरण गरेको बताएपनि यसको पनि विवरण छैन ।
राहत वितरण सँग जाेडिएका धेरै बिषय छन,जाे अनिवार्य रुपमा स्पष्ट पार्नु पर्छ अर्का एक सदस्य भन्छन् । पछिल्लो समयमा Brampton बाट भुमि घिमिरेलाई NCC मा मनाेनित गर्ने भनिएपनि रातारात बासु लम्साललाई उपाध्यक्ष बिजय र अध्यक्ष चिरणले सुटुक्क मनाेनित गरेपछि अर्को विवाद सुरु भएको छ । उक्त बिषयमा महासचिव पिताम्बर भटराई र प्रबक्ता दिनेश खतिवडाले असहमति लेखेर पठाएका थिए । यस्ता थुप्रै बिषयलाई लिएर संस्था भित्र चर्काचर्कि बढेको छ । संस्था भित्र नेकपाकाे हस्ताक्षेप भएको आराेप समेत छ । स्राेतका अनुसार एनआरएनए क्यानडा संचालन गर्न नेकपाकाे प्रबासी मंन्च क्यानडाले ११ सदस्यीय सचिबालय गठन गरेको छ । स्वतन्त्र सामाजिक संस्थामा यसरी राजनीति बढेपछि यसको बाैद्विक स्तरबाट बिराेध भएको छ । संस्थामा भएका भ्रष्टाचार तथा अनियमितताको बारेमा अध्यक्ष चुपचाप बस्नु राजनीतिक संरक्षण भएको समेत आराेप छ ।
यसै सन्दर्भमा केही समय अगाडी संकलित रकम हिनाबिनाको र राहत वितरणमा भएको अनियमिततामा प्रश्न गरेपछि एनआरएनए क्यानाडाले एनआरएनए हेल्प डेस्क इस्टर्न जोन कोर्डिनेटर राम क्षेत्री लाई कारबाही गरी बासु लम्साल लाई नियुक्त गरेको थियो । यदी त्यसो हुदैनथ्यो भने यो महामारीको समयमा राहत बितरण र मानब सेवा मा लाग्नुको सट्टा कारबाही र नियुक्तमा किन लाग्यो भन्ने सजिलै अनुमान लगाउन सकिन्छ । अन्य केही सदस्यले पनि पारदर्शितामा कुरा उठाएपछि प्रबासी मन्च र एनआरएन दुबैबाट कारवाही गर्ने धम्की आएपछि सबै चुपचाप रहेको स्रोतले जानकारी गराएको छ । योसंगै नेकपाकाे प्रवासी मञ्च पनि बिभाजनको संघारमा पुगेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #एनआरएनए क्यानडा
ताजा खबर
- १महेश बस्नेत र दुर्गा प्रसाईँको मंसिर ७ को आन्दोलन (भिडियोसहित)
- २अव माइतीघरदेखि बानेश्वरसम्म आन्दोलन गर्न नपाइने, लगाइयो निषेधाज्ञा !
- ३रुकुमपश्चिममा जिप दुर्घटना, २२ जना घाइते, ५ को अवस्था गम्भिर
- ४उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरियो यस बर्षको छठ पर्व
- ५टिकटक प्रयोग भएको पाइएमा खबर गर्न दुरसञ्चार प्राधिकरणको आग्रह
तपाईको कमेन्ट लेख्नुहोस्