Techie IT
  • २९ असोज २०८१, मंगलबार
KhojPatrika

प्रधानमन्त्री ओली आफैले गर्दै कित्ताकाड, प्रचण्डनिकट मन्त्रीलाई बोलाएनन् छलफलमा


काठमाडौं । मंगलबारको स्थायी कमिटि बैठकमा अध्यक्ष पुष्पकमल दाहाल र अन्य शीर्ष नेताहरुले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिन केपी शर्मा ओलीलाई दवाव दिएपछि नेकपामा फेरि कित्ताकाड सुरु भएको छ । बैठकमा ओलीका बिरुद्ध मोर्चाबन्दी नै भएपछि प्रधानमन्त्री ओली पनि कित्ता छुट्याउन लागेका छन् । प्रधानमन्त्री ओलीले पूर्वमाओवादी मन्त्रीहरुलाई नबोलाइ बुधबार परामर्श गरेका छन् । ओलीले प्रचण्डनिकट मन्त्रीहरुलाई नबोलाएका कारण पूर्वमाओवादी मन्त्रीहरु वर्षमान पुन, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत र विना मगर छलफलमा सहभागि भएनन् । तर, प्रचण्डनिकट मानिएका पूर्वमाओवादी र हाल ओलीसँग नजिकिएका पूर्वमाओवादी मन्त्रीहरु रामबहादुर थापा र लेखराज भट्ट भने बालुवाटारको छलफलमा सहभागि भएका थिए ।

त्यस्तै, ओलीको पाटीभित्रै आलोचना भएपछि नेकपा फेरि विवादमा फसेको छ । आफनो बचाउमा लाग्न आफूनिकट नेताहरुलाई आग्रह गरेका थिए । पार्टी भित्रैबाट सरकारको आलोचना भइरहेको बेला ओलीले आफू निकट मन्त्रिपरिषदका सदस्य र स्थायी कमिटी सदस्यहरुसँग परामर्श गरेका हुन् । स्थायी कमिटी बैठकमा बहुमत सदस्यहरुले राजीनामा मागेपछि प्रधानमन्त्री ओली संकटमा परेका छन् । उनले मंगलबार स्थायी कमिटी बैठक अघि र पछि राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि परामर्श गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सहयोग गर्न नेताहरुलाई आग्रह गरेका छन् । पार्टी नेतृत्वले राजीनामा मागेपछि प्रधानमन्त्री ओलीले आफू निकटका साथै प्रचण्ड र माधवकुमार नेपाल पक्षका केही नेताहरुलाई बालुवाटारस्थित निवासमा बोलाएर बुधबार विहान छलफल गरेका थिए । पूर्व माओवादीका रामबहादुर थापा, टोपबहादुर रायमाझी, मणि थापा र लेखराज भट्ट पनि छलफलमा सहभागी थिए । छलफलमा प्रधानमन्त्री ओलीले आफूलाई साह्रै अपमानित गर्ने काम भएको भन्दै सहयोग गर्न नेताहरुलाई आग्रह गरेका थिए । आफूलाई सबैतिरबाट आक्रमण भएको भन्दै ओलीले नेताहरुसँग सहयोग मागेका छन् ।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #ओली आफैले गर्दै कित्ताकाड

तपाईको कमेन्ट लेख्नुहोस्