असार १९ गतेसम्म सरकारले निर्णय नगरे भर्चुअल कक्षा बन्द गर्ने निजि बिद्यालयको चेतावनी
काठमाडौं । सरकारले निजी बिद्यालयको शुल्कबारे असार १९ गतेसम्म कुनै निर्णय नगरे अर्चुअल र अनलाइन कक्षा रोक्ने निजि बिद्यालयहरुले चेतावनी दिएका छन् । आइतबार शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्तामा उनीहरुले यस्तो चेतावनी दिएका हुन् । बैठकमा प्याब्सन र एनप्याब्सनका पदाधिकारी र शिक्षामन्त्रालयका सहसचिवबीच भएको वार्ताविना निष्कर्ष टुंगिएको छ ।
निजी बिद्यालयले भर्ना र लकडाउनको समयको पनि शुल्क उठाउने भन्दै बिज्ञप्ती नै जारी गरेपछि शिक्षा मन्त्रालयले शुल्क नबुझाउन भन्दै अभिभावकलाई बिज्ञप्ती मार्फत आग्रह गरेको थियो । शिक्षा मन्त्रालयले वार्ता र संम्वादका लागि तदारुकता नदेखाएको आरोप लगाइरहँदा आज संम्वाद भएको हो । असार १ गतेदेखि सरकारले भर्चुअल र अनलाइन कक्षा सञ्चालन गरेको थियो । तर, निजी बिद्यालयले भने सरकारी उदासिनताका कारण आफूहरु मर्कामा परेको भन्दै पठन–पाठन नै ठप्प पार्ने चेतावनी दिएका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #निजी बिद्यालय
ताजा खबर
- १पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ,खुलाइएन कारण
- २बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- ३कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ४प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ५शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा



तपाईको कमेन्ट लेख्नुहोस्