स्थानीय तहका जनप्रतिनिधिको सामाजिक सञ्जालमा कटाक्ष
काठमाडौं । देश संघीयतामा गएपछि राजनीतिक दलका नेताहरुकै भाषामा यतिबेला गाउँ गाउँमा सिंहदरबार पुगेको छ । तर, जनतालाई घरदैलोमै सेवा दिन बनेका अधिकांश सिंहदरबारका नेतृत्वकर्ताका कारण जनताले सेवाभन्दा सास्ती खेपिरहेका छन् । जनप्रतिनिधि सेबक नभई शासक बन्ने होडमा लागेका कारण पटक–पटक आलोचित बनिरहेका छन् । धनुषाको जनकपुरधाम उपमहानगरपालिकाको पाँचौ नगरसभामा विवादले उग्ररुप लिएपछि नाराबाजी नै चलेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । बोर्ड बैठकको म्याइनुट नै असन्तुष्टहरुले च्यातेपछि उपमहानगरपालिकामा तनाव भएको थियो ।
त्यस्तै, नुवाकोट शिबपुरी गाउँपालिको गाउँसभामा देखिएको यो अर्को दृश्यले सामाजिक सञ्जालमा चर्चा पाएको छ । जहाँ छैटौं गाउँसभामा दलीय कुरा नमिल्दा यसरी चर्काचर्की नै परेको थियो । गाउँको विकासका लागि छलफल र सम्वादबाट टुङग्याउनुपर्ने बिषय राजनीतिक भागबण्डा र बजेट नपरेको बिषयले यस्तो चर्तिकला देखाउनु जनप्रतिनिधिमाथी नै प्रश्न हो । अछामको मंगलसेन नगरपालिकाको पाँचौ नगरसभामा कर्मचारीलाई मेयरले बडिगार्ड राखेको फोटो सामाजिक सञ्जालमा भाइरस भएको छ ।
मंगलसेन नगरपालिका मात्रै होइन प्यूठान नगरपालिकाको सातौं नगरसभामा त झनै मेयर उपमेयरदेखि कर्मचारीसम्मले बडिगार्ड राखेको फोटाहरुमा पनि सबैले आलोचना गरिरहेका छन् ।
यी सामाजिक सञ्जालमा देखिएका दृश्य र फोटोले देखाउछ जनप्रतिनिधिमा कति दम्भ र शासक बन्ने होड छ भन्ने । जनप्रतिनिधि शासक होइनन् सेवक हुन् भन्ने जति नारा लगाएपनि आखिर जनप्रतिनिधि राजा महाराजा र उही हुकुमे शैलीमा चल्न चाहिरहेका छन् त्यो नै दुर्भाग्य हो ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #जनप्रतिनिधि
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्