शुक्रबारदेखि नेपालको जनसङ्ख्या ३ करोड नाघ्यो

काठमाडौं । नेपालको जनसङ्ख्या शुक्रबारदेखि औपचारिक रुपमा तीन करोड नाघेको छ । देशको जनसङ्ख्या शुक्रबार तीन करोड ६ सय ३४ पुगेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । विभागले राष्ट्रिय जनगणना, २०६८ को जन्म, मृत्यु र बसाइँसराइ दरको तथ्यांक आधारित भएर मुलुकको जनसङ्ख्या तीन करोड ६ सय ३४ पुगेको जनाएको हो ।
राष्ट्रिय जनगणना, २०६८ को नतिजाअनुसार नेपालको जनसङ्ख्या दुई करोड ६४ लाख ९४ हजार ५ सय ४ थियो । आगामी वर्ष १२ औँ राष्ट्रिय जनगणना प्रारम्भ हुँदैछ । विभागले त्यससम्बन्धी कार्यतालिका स्वीकृत गरिसकेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर पुष्पराज कँडेलको अध्यक्षतामा गत साता सम्पन्न राष्ट्रिय जनगणना निर्देशक समितिको बैठकले कार्यतालिका स्वीकृत गरेको हो ।
असार १५ गतेदेखि जनगणनाको प्रश्नावली तयारी थालेर स्थानीय तहअनुसार जनगणनाको तालीम, तथ्यांक प्रशोधन केन्द्रको तयारी,अनलाइन मार्फत गणक तथा सुपरीवेक्षकको आवेदन, उनीहरूलाई तालिम, जनगणनाको सामग्री जिल्ला–जिल्ला पठाउने, प्रदेश तथा जिल्ला जनगणना कार्यालय स्थापना, प्रारम्भिक तथा अन्तिम नतिजा र २०८० वैशाखभित्र विषयगत प्रतिवेदन सार्वजनिक गर्ने लक्ष्य निर्धारण गरिएको छ । विभागले हरेक १० वर्षमा राष्ट्रिय जनगणना गर्दै आएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #नेपालको जनसङ्ख्या
ताजा खबर
- १महेश बस्नेत र दुर्गा प्रसाईँको मंसिर ७ को आन्दोलन (भिडियोसहित)
- २अव माइतीघरदेखि बानेश्वरसम्म आन्दोलन गर्न नपाइने, लगाइयो निषेधाज्ञा !
- ३रुकुमपश्चिममा जिप दुर्घटना, २२ जना घाइते, ५ को अवस्था गम्भिर
- ४उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरियो यस बर्षको छठ पर्व
- ५टिकटक प्रयोग भएको पाइएमा खबर गर्न दुरसञ्चार प्राधिकरणको आग्रह
तपाईको कमेन्ट लेख्नुहोस्