क्वारेन्टाइनमा अकालमै ज्यान गुमाउँदै सर्वसाधारण,उपचार नपाउँदा छट्पटीन बाध्य
काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या २६ पुगेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशबाहिरबाट आउनेहरुका लागि क्वारेन्टाइन बनाएको छ । तर, तीनै क्वारेन्टाइन भद्रगोल हुँदा सर्वसाधारणले अकालमै ज्यान गुमाइरहेका छन् ।
धनुषाको हंसपुर नगरपालिका ७ पर्साही निवासी राजु सदा । रोजगारीका लागि भारत पुगेका राजु कोरोनाकै कारण काम नपाएपछि साथीहरुसँगै जेठ १४ गते घर फर्किए । नगरपालिकाले उनीहरुलाई लौवाखोरमा सञ्चालन गरेको क्वारेन्टाइनमा राखेको १० दिनपछि नमुना संकलन गरियो । राजुलाई क्वारेन्टाइनमै पखाला लाग्यो । तर, कोरोनाको लक्षण भन्दै राजुलाई आइसुलेसनमा लिएर पनि उपचार नै गरिएन । जसका कारण १४ दिनसम्म पनि कोरोना रिपोर्ट नआउँदा छुटपटाउँदै राजुको ज्यान गयो । मृत्युपछि कोरोना नेगेटिभ आएका राजु सदा त एउटा उदाहरण मात्रै हुन् । देशभर सञ्चालित क्वारेन्टाइन हुन् वा आइसुलेसनमा बिरामी उपचार नपाएरै अकालमै ज्यान गुमाइरहेका छन् । कोरोनाकै कारण मृत्यु भएका तीन/चार जना बाहेक अन्य ब्यक्तीको मृत्युपछि कोरोना पुष्टि हुनुले पनि सरकारको परिक्षणको दायरा कति सुस्त छ भन्ने सहजै अनुमान गर्न सकिन्छ ।
बुटवलस्थित आइसुलेसन, सीमा नाका, बाटोमा मात्रै होइन बाँकेको क्वारेन्टाइन अर्घाखाँचीमा आत्महत्या गर्नुले बनाइएका क्वारेन्टाइन र आइसुलेसन कति सुरक्षित छन् भन्ने प्रष्टै देखाउछ । अझ धनगढीको क्वारेन्टाइनमा त सामुहिक बलात्कारको घटनाले संघीय, प्रदेश र स्थानीय तहले जनताको उपचार र सुरक्षा कत्ति पनि ध्यान पर्याएका छैनन् भन्दा फरक पर्देन । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि करिव १० अर्व खर्च भएको सार्वजनिक गर्दा क्वारेन्टाइन र आइसुलेसन लथालिंग र भद्रगोल अवस्थाले खर्चमै प्रश्न उठिरहेको छ । अर्कोेतर्फ दैनिक कोरोना भाइरस संक्रमित ह्वात्तै बढ्नु क्वारेन्टाइनको अस्तब्यस्थता देखिएको छ । सरकार भनिरहेछ भौतिक दुरी कायम गरौं खानपिनमा ध्यान दिऔं सावुन पानीले हात धोऔं । तर, क्वारेन्टाइन र आइसुलेसनको अवस्थाले सरकारको भनाईलाई आफै गिज्याइरहेको छ र त भाग्नेहरुको संख्या पनि बढेको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #कोरोना भाइरस
ताजा खबर
- १विस्तृत शान्ति सम्झौताको १८ वर्षः युद्ध गर्ने नेताको जीवनशैली फेरियो, पीडितका दुख भने उस्तै
- २बालुवाटारमा ओली-देउवासहित कांग्रेस र एमालेका शीर्ष नेताहरू छलफलमा
- ३प्रधानमन्त्री, मन्त्री र जनप्रतिनिधिले अनुमति नलिइ उपनिर्वाचनको प्रचारमा हिँड्न नपाउने
- ४मेडिकल व्यवसायी दुर्गा प्रसाईं दोस्रो पटक पक्राउ, प्रधानमन्त्री ओलीविरुद्ध भ्रामक सामग्री प्रचार गरेको आरोप
- ५हिरासतमा रहेका रवि लामिछानेको बोलीले प्रहरी तनावमा,मौका पाउने बित्तिकै सरकारलाई गाली !
तपाईको कमेन्ट लेख्नुहोस्