एमसीसीबारे सहमति जुट्ला त नेकपा स्थायी कमिटी बैठकमा

काठमाडौं । प्रत्येक ३/३ महिनामा बस्नुपर्ने सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी नेकपाको स्थायी कमिटि बैठक बुधबार बस्दै छ । यसअघि पटक–पटक मिती तोक्दै स्थगित हुंदै आएको बैठकमा पछिल्लो समय विवादित देखिएका अमेरिकी सहयोग अनुदान एमसीसी देखि सरकार संचालनमा देखिएका कमीकमजोरी र समसामयिक विषहरुमाथि छलफल हुनेछ । लामो समयदेखी बस्न नसकेको नेकपा स्थायी कमिटि बैठक बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ । बैठकमा प्रस्तुत हुने एजेण्डा तय गर्न पार्टी अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेललाई जिम्मा दिएपनि हाल सम्म एजेण्डा बाहिर ल्याइएको छैन । बैठकमा उठाउने विषयहरुबारे भने स्थायी कमिटि सदस्यहरुले तयारी गरेका छन ।
बैठकमा एमसीसी, समसामयिक विषय बस्तु देखि पार्टीको शैद्धान्तिक विषय, सरकार संचालनमा देखिएका त्रुटिहरु लगायतका विषय प्रमुख रुपमा उठाउने तयारी गरेका छन । केही स्थायी कमिटि सदस्यहरुले विगतदेखि उठ्दै आएको एक व्यत्ति एक मुख्य जिम्मेवारकिो विषय उठाउने तयारी गरेका छन । विधान अनुसार पार्टी संचालन नभएको भन्दै तिव्र आलोचना गर्दै आइरहेका बहुमत स्थायी समिति सदस्यहरुले अमेरिकी सहयोग अनुदान मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीलाई पनि बैठकमा प्रमुख एजेण्डाका रुपमा उठाउने तयारी गरेका छन । नेकपाभित्र निकै विवादित बनेको एमसीसीलार्य एमसीसी अध्यायन कार्यदलले बुझाएको प्रतिवदेनकै आधारमा संशोधन सहित पास गर्नुपर्ने पक्षमा छन । संशोधन बिना एमसीसी पार्टीले स्वीकार गर्न नसक्ने नेता देवेन्द्र पौडेल बताउछन ।
लामो समय पछि बस्न लागेको नेकपाको स्थायी कमिटि बैठक निकै महत्वपुर्ण र रोचक हुने देखिएको छ । बैठकमा सरकार र पार्टीको अन्तरसम्बन्धका बारे समेत प्रश्न उठ्ने बुभmिएको छ । यो बैठकले पार्टीलाई विधि संम्बद र सरकारलाई समेत दिशानिर्देश गर्न महत्वपुर्ण हुने नेताहरुले अपेक्षा गरेका छन ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #नेकपा स्थायी कमिटी बैठक
ताजा खबर
- १महेश बस्नेत र दुर्गा प्रसाईँको मंसिर ७ को आन्दोलन (भिडियोसहित)
- २अव माइतीघरदेखि बानेश्वरसम्म आन्दोलन गर्न नपाइने, लगाइयो निषेधाज्ञा !
- ३रुकुमपश्चिममा जिप दुर्घटना, २२ जना घाइते, ५ को अवस्था गम्भिर
- ४उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरियो यस बर्षको छठ पर्व
- ५टिकटक प्रयोग भएको पाइएमा खबर गर्न दुरसञ्चार प्राधिकरणको आग्रह
तपाईको कमेन्ट लेख्नुहोस्