दलहरुमा चर्काचर्कीबीच पेश भयो नागरिकता (पहिलो संशोधन) विधेयक
काठमाडौं । सत्तापक्ष र प्रमुख प्रतिपक्षसहितका दलहरुका बीचको असन्तुष्टिका बाबजुद नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक प्रतिनिधिसभामा पेश भएको छ । करिव २ वर्षपछि मंगलबारको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशि श्रेष्ठले सो विधेयक पेश गरेकी हुन् । प्रतिनिधिसभाको २०७५ साल भदौ ४ गतेको बैठकले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि प्राप्त संशोधन सहित दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाउने निर्णय गरेको थियो ।
बैठकको सोही निर्णय र प्रतिनिधिसभा नियमावली २०७५ को नियम १ सय ९ बमोजिम सो विधेयकमाथि प्राप्त संशोधन सहित दफाबार छलफलका लागि भदौ ५ गते नै राज्य व्यवस्था तथा शुसासन समितिमा पठाइएको थियो । समितिले २२ महिनापछि नागरिकता (पहिलो संशोधन) विधेयकलाई बहुमतका आधारमा पारित गरि प्रतिवेदन पेश गरिएको हो । प्रतिवेदन पेश गर्ने क्रममा सभापति श्रेष्ठले विधेयकमा रहेका अधिकांश विषयमा सर्वसम्मति जुटेको र अन्तिम समयसम्मको अधिकतम प्रयासबाट पनि सहमति जुट्न नसकेका विषयलाई बहुमतका आधारमा पारित गरिएको समेत बताइन ।
संशोधनमा नेपाली नागरिक पुरुषसंग विवाह गरेका विदेशी महिलालाई ७ बर्षपछि मात्रै नागरिकता दिने गरी राज्य व्यवस्था समितिले सोमबार बहुमतले पारित गरेको थियो । तर, नागरिकता सम्बन्धी उक्त संशोधनमा प्रतिपक्षी दल नेपाली कांग्रेस र मधेसवादी दलहरुले भने विरोध जनाउदै आएका छन । यसअघि राष्ट्रिय सभा बैठकमा बिद्येयकका पक्ष र बिपक्षमा दलका सांसदहरुका बीचमा जुहारी नै चलेको थियो ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #नागरिकता (पहिलो संशोधन) विधेयक
ताजा खबर
- १युद्धको भिडियो र फोटो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ, कडा कारबाही र डिपोर्ट हुनसक्ने परराष्ट्रको चेतावनी
- २सेवा प्रवाह प्रभावकारी बनाउन काठमाडौं प्रशासनमा ‘सार्वजनिक सम्बोधन प्रणाली’ लागू
- ३नयाँ जनादेशले देशलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगायो : प्रधानमन्त्री
- ४पैसाको सदुपयोग गर्न जान्नुपर्छ– गभर्नर
- ५ड्रोन आक्रमणपछि दुबई विमानस्थल अस्थायीरुपमा बन्द



तपाईको कमेन्ट लेख्नुहोस्