नेपालमा कुल कोरोना संक्रमितको संख्या ८६०५ पुग्यो, शनिबार थपिए ३३१ संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ३१ जनामा कोरोनाभाइरस संक्रमण पोजेटिभ देखिएको छ । शनिबार थपिएकामा ४९ महिला र पुरुष दुई २ सय ८२ जना छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ८ हजार ६ सय ५ पुगेको छ। अहिलेसम्म महिला ७ सय ५६ र पुरुष ७ हजार ८ सय ४९ जना रहेका छन् । यस्तै २४ घण्टामा १ सय ७६ जना संक्रमित निको भएर घर फर्किएका छन् ।
पछिल्लो २४ घण्टामा ७ हजार ४ सय १६ पीसीआर परिक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्म १ लाख ६९ हजार १ सय ६५ जनाको पीसीआर प्रविधिबाट परीक्षण भएको छ । यस्तै, आरडिटी विधिबाट पछिल्लो २४ घण्टामा ४ हजार ४ सय २६ गरी आजसम्म कुल २ लाख ५२ हजार ३ सय परीक्षण भएको छ । शनिबार देशभर १ लाख २ हजार २ सय ४५ जना क्वारेन्टाइनमा छन् । त्यस्तै ७ हजार ५ जना आइसोलेसनमा उपचाररत रहेका छन् । अहिलेसम्म ७७ जिल्लामध्ये ७४ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #कोरोना
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्