विदेशी बुहारीले अंगीकृत नागरिकता पाउन ७ बर्ष कुर्नुपर्नेः नेकपा
काठमाडौं । सत्तारुढ नेकपाले विदेशी बुहारीले नेपालमा अंगीकृत नागरिकता पाउन ७ बर्ष कुर्नुपर्ने निर्णय गरेको छ । विदेशी महिलाले नेपाली पुरुषसँग बिहे गरेको ७ वर्षपछि मात्रै अंगीकृत नागरितकता दिनुपर्ने नेकपाले शनिबार बसेको सचिवालय बैठकले निष्कर्ष निकालेको छ ।
कुनैपनि विदेशी महिलाले स्वदेशी पुरुषसँग विवाह गरेर सात बर्ष यहाँ बसेको हुनुपर्ने र त्यसबीचमा विदेशको नागरिकता त्यागेको प्रमाण पेस गरेपछि मात्रै नेपाली अंगीकृत नागरिकता दिन सकिने निष्कर्ष निकालेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । नेपाली पुरुष नागरिकसँग विवाह गरेपछि प्राप्त गर्नसक्ने अंगीकृत नागारिकताको प्रावधानवारे यतिबेला संसदीय समितिमा छलफल भइरहेको छ ।
नेकपाले शुक्रबार पार्टीका केही नेता तथा प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा रहेका सांसदहरुसँग परामर्श गरेको थियो भने बिहीबार नेपाली काँग्रेससँग छलफल गरेको थियो । तर, कांग्रेस र नेकपाबीच सहमति जुटेको छैन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले बुधबार सहमति जुटाउन ५ दिनको समय दिएको थियो ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #अंगीकृत नागरिकता
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्