शुक्रबार बिहानै थपिए गण्डकी प्रदेशमा २४ कोरोना संक्रमित

काठमाडौं । गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार बाग्लुङ, कास्की, स्याङजा र नवलपरासी सुस्ता पूर्वका २४ जना थपिएका हुन् । बाग्लुङमा २ महिलासहित १४ जना, कास्कीमा दुई महिलासहित ६ जना, स्याङ्जा र नवलपरासी सुस्ता पूर्वका दुई÷दुई जनामा संक्रमण पुष्टि भएको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक एव प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माले जानकारी दिए ।
गण्डकी प्रदेशमा संक्रमितमध्ये ३४ जना निको भएर घर फर्किएका छन् भने एक जनाको ज्यान गएको छ । योसँगै गण्डकीमा संक्रमितको संख्या तीन सय ४८ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #कोरोना संक्रमण
ताजा खबर
- १सरकारले यो वर्ष पनि भेटाएन सर्वोत्कृष्ट निजामती कर्मचारी !
- २संघीय निजामती र शिक्षा ऐन संसदमा दर्ता गर्ने सरकारको निर्णय
- ३कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीलाई २४ घण्टाभित्र नियुक्त गर्न परमादेश, उद्धव थापा पदमुक्त
- ४कोशी सरकार विरुद्धको रिटमा आज पनि बहस
- ५प्रतिनिधि सभा बैठकमा आज चार जना मन्त्रीसँग प्रश्नोत्तर
तपाईको कमेन्ट लेख्नुहोस्