Techie IT
  • ९ माघ २०८१, बुधबार
KhojPatrika

किन लागू भएन देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवारमै दुई सिफ्टमा कार्यालय सञ्चालन


काठमाडौं । देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमै दुई सिफ्टमा कर्मचारीले काम नगरेको भेटिएको छ । सरकारले कोरोना भाइरसको जोखिमबाट बच्न असार १ गतेदेखि सरकारी कार्यालय दुई सिफ्टमा सञ्चालन गर्न निर्देशन दिएको थियो । तर, हामी बिहिबार बिहान ८ बजे सिंहदरबारमा पुग्दा अधिकांश मन्त्रालय कर्मचारी बिहिन थिए ।

सरकारले करिव ३ महिना लकडाउनका कारण बन्द भएका सरकारी कार्यालय असार १ गतेदेखि दुई सिफ्टमा सञ्चालन गर्ने निर्णय गर्यो । त्यहि निर्देशनपछि सबै सरकारी कार्यालय कार्याल बिहान ८ बजेखि दिउँसो १ बजेसम्म पहिलो सिफ्ट र १ बजेदेखि साँझ ६ बजेसम्म अर्को सिफ्ट गरी दुई चरणमा सञ्चालन भइरहेका छन् । तर, देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारका मन्त्रालयहरुले भने आफनो निर्णयको आफै खिल्ली उडाइरहेका छन् । बिहिबार बिहान ८ बजे हामी सिंहदरबारमा पुग्दा अधिकांश मन्त्रालय कर्मचारी बिहिन थिए । सुरुमा हामी उद्योग, बाणिज्य तथा आपूर्ती मन्त्रालयमा पुग्यौं ।

उद्योग मन्त्रालयलमा सुनसानदेखेपछि हामी शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालयमा पुग्यौं । त्यहाँको अवस्था पनि उस्तै थियो । सिंहदरबारका अधिकांश मन्त्रालय दुई सिफ्टमा सञ्चलान नहुँदा महिला तथा बालबालिका तथा जेष्ठ नागरिकमा भने कर्मचारी ८ बजे नै पुगेका थिए । बिहानी सिफ्टमा आउनुपर्ने केही कर्मचारीको अनुपस्थित देखिएपनि कोरोनाबाट बच्न उच्चसर्तकता अपनाएर काम गरिरहेका भेटिए ।

नेपालमा कोरोना संक्रमितको संख्या दैनिक बढिरहेको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउन समेत खुकुलो बनाइरहँदा सरकारले जोखिम कम गर्न लागू गरिएको दुई सिफट्मा कार्यालय सञ्चालन निर्णय मन्त्रालयले नै किन अटेरी गरिरहेका छन् ? कर्मचारीकै भिडभाड हुने मन्त्रालयले समेत कोरोनाको जोखिम कम गर्न आफैले बनाएको मापदण्ड पालना नगर्नु यो कस्तो लापरवाही ?


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #सिंहदरबारमै दुई सिफ्ट

तपाईको कमेन्ट लेख्नुहोस्