गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना पुष्टि, प्रदेशमा संक्रमितको संख्या २४७ पुग्यो
काठमाडौं । गण्डकी प्रदेशमा बुधबार थप २१ जना कोरोना संक्रमित थपिएका छन् । आज भेटिएका संक्रमितमा नवलपुरका १८ र पर्वतका ३ रहेका छन् । स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार नवलपुरको हुप्सेकोट गाउँपालिकामा १९ देखि ३६ बर्षसम्मका १४ जनामा कोरोना पोजेटिभ देखिएको हो । मध्युविन्दु नगरपालिकाका १६ र ३० वर्ष उमेर समुहका २ पुरुष रहेका छन् ।
यस्तै, कावासोती नगरपालिकाका एक जना ३७ वर्षीय पुरुषमा र पालिका नखुलेको २७ वर्षिय एक पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । पर्वतको फलेवास नगरपालिकाका २ जना १९ र २१ वर्षीय दुई पुरुष र ४६ वर्षिय एक महिलामा समेत गरि पर्वतमा ३ जना नयाँ संक्रमित थपिएका छन् । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या २ सय ४७ पुगेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #कोरोना संक्रमित
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्