Techie IT
  • २६ भदौ २०८२, बिहीबार

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुग्यो


बाँके । जिल्लामा कोरोना भाइरसबाट दोस्रो व्यक्तिको मृत्यु भएको छ । बैजनाथ गाउँपालिका ६ की ४६ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको आइसीयुमा उपचारको क्रममा सोमबार साँझ साढे ६ बजेतिर निधन भएकी ती महिलाको मंगलबार राति ८ बजेतिर कोरोना रिपोर्ट पोजेटिभ आएको हो । उनी ३० जेठमा अस्पतालमा भर्ना भएकी थिइन् ।

यसअघि बाँके जिल्लामा ४ जेठमा नरैनापुर गाउँपालिका ५ का २५ वर्षका युवाको कोरोनाबाट मृत्यु भएको थियो । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #बाँकेमा थप एक जनाको मृत्यु

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं