जाजरकोट रुकुम पुग्यो संसदीय छानविन समिति, सोती घटनाको अनुसन्धान सुरु

रुकुमपश्चिम । जिल्लाको चौरजहारी ८ सोतीमा जेठ १० गते ६ जनाको ज्यान जाने गरी भएको घटनाको अनुसन्धान गर्न गठित संसदीय छानविन समिति घटनास्थल पुगेको छ । समिति सोती र जाजरकोट भेरी नगरपालिका ४ मा नवराज बिकको घरमा पुगेको छ । सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा गठित ९ सदस्यीय छानबिन समितिले जाजरकोटका नवराज विकसहित अन्य मृतकको परिवारसँग भेटघाट तथा छलफल गरेर अनुसन्धान शुरु गरेको हो । उनीहरुले पीडित परिवारसँग घटनाको प्रकृति, कारण, संलग्न व्यक्ति र त्यसअघिका घटनाक्रमका बारेमा सोधपुछ गरेका छन ।
छानबिन समितिका सदस्यले पीडितलाई न्याय र पीडकलाई कारबाही गर्ने गरी घटनाको अनुसन्धान गरी संसदलाई प्रतिवेदन बुझाउने जिम्मेवारी पाएको छ । प्रहरीले नवराजसहित ६ जना युवाको मृत्यु नभई हत्या भएको भन्दै ३४ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता गराएको छ । संसदमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद अवरुद्ध गरेपछि संसदीय छानविन समिति गठन भएको थियो । समितिको सदस्यमा सांसद पार्वती विशुंखे, मीन विश्वकर्मा, प्रकाश रसाइली, दुर्गा पौडेल लगायतका सांसदहरु रहेका छन । केही दिन समितिले दुबै जिल्लाका बिभिन्न सम्बन्धित निकायसँग छलफल गर्नेछ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #चौरजहारी ८ सोती
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्