जाजरकोट रुकुम पुग्यो संसदीय छानविन समिति, सोती घटनाको अनुसन्धान सुरु
रुकुमपश्चिम । जिल्लाको चौरजहारी ८ सोतीमा जेठ १० गते ६ जनाको ज्यान जाने गरी भएको घटनाको अनुसन्धान गर्न गठित संसदीय छानविन समिति घटनास्थल पुगेको छ । समिति सोती र जाजरकोट भेरी नगरपालिका ४ मा नवराज बिकको घरमा पुगेको छ । सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा गठित ९ सदस्यीय छानबिन समितिले जाजरकोटका नवराज विकसहित अन्य मृतकको परिवारसँग भेटघाट तथा छलफल गरेर अनुसन्धान शुरु गरेको हो । उनीहरुले पीडित परिवारसँग घटनाको प्रकृति, कारण, संलग्न व्यक्ति र त्यसअघिका घटनाक्रमका बारेमा सोधपुछ गरेका छन ।
छानबिन समितिका सदस्यले पीडितलाई न्याय र पीडकलाई कारबाही गर्ने गरी घटनाको अनुसन्धान गरी संसदलाई प्रतिवेदन बुझाउने जिम्मेवारी पाएको छ । प्रहरीले नवराजसहित ६ जना युवाको मृत्यु नभई हत्या भएको भन्दै ३४ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता गराएको छ । संसदमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद अवरुद्ध गरेपछि संसदीय छानविन समिति गठन भएको थियो । समितिको सदस्यमा सांसद पार्वती विशुंखे, मीन विश्वकर्मा, प्रकाश रसाइली, दुर्गा पौडेल लगायतका सांसदहरु रहेका छन । केही दिन समितिले दुबै जिल्लाका बिभिन्न सम्बन्धित निकायसँग छलफल गर्नेछ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #चौरजहारी ८ सोती
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्