मंगलबार थप ३८० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६५९१ पुग्यो
काठमाडौं । नेपालमा मंगलबार एकै दिन ३ सय ८० जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले विभिन्न जिललाका गरी ३ सय ८० जना नयाँ संक्रमित थपिएको जानकारी दिए । यो सँगै नेपालमा संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको छ।
उनीहरु मध्ये ४ सय ९९ जना महिला र ६ हजार ९२ जना पुरुष रहेका छन्। पछिल्लो चौबिस घण्टामा १ सय ९ जना पुरुष र ८ महिला गरी १ सय १७ जना अस्पतालबाट डिस्चार्ज भएका छन्। योसंगै नेपालमा उपचारपछि निको हुनेको संख्या १ हजार १ सय ८५ पुगेको छ । हालसम्म १ लाख ३३ हजार ९ जना क्वारेन्टाइनमा रहेका छन् । ७३ जिल्लामा कोरोना भाइरस फैलिदा नेपालमा १९ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #कोरोना संक्रमित
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्