रुकुम सोती हत्याकाण्डः पोष्टमार्टम रिपोर्ट बाहिरिएपछि आन्दोलन,प्रहरीद्धारा हवाई फायर
काठमाडौं । रुकुमपश्चिमको चौरजहारी ८ सोतीमा ६ जनाको ज्यान जाने गरी भएको हत्याकाण्डको पोष्टमार्टम रिपोर्ट बाहिरिएपछि जाजरकोटमा आन्दोलन चर्किएको छ । जाजरकोटमा भएको पोष्टमार्टम रिर्पोट बाहिरिएपछि भएको आन्दोलनमा प्रहरीले लाठी चार्ज गर्दा नवराज विककी आमा उर्मिला घाइते भएकी छन ।
सोमबार दिउँसो जिल्ला अस्पतालले मृतक नवराज विकसहित ६ जनाकै पोष्टमार्टम रिर्पोट सार्वजनिक गरेको थियो । पोष्टमार्टममा उनीहरुको नदीमा हाम फाल्दा ज्यान गएको भनेपछि पीडितहरु आक्रोशित बनेका थिए । एकाएक पीडितहरुको आक्रोश आन्दोलनमा परिवर्तन हुँदा जिल्ला प्रहरी कार्यालय घेराउ भएको थियो । प्रहरी कार्यालयमा नाराबाजी र प्रदर्शन बढेपछि प्रहरीले शुरुमा लाठीचार्ज गरेको थियो । लाठी चार्जका क्रममा नवराजकी आमा उर्मिला बिकको हातमा चोट लागेको छ ।
नवराजकी आमासहित अन्य ब्यक्तीहरु पनि घाइते भएका छन । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन चार राउण्ड हवाई फायर गरेको थियो भने केही सेल अश्रुग्यास समेत प्रहार गरेको थियो । जेठ १० गते रुकुम पश्चिम सोतीमा प्रेमिका शुष्मा मल्ललाई लिन गएका नवराजसहित ६ जना युवाको हत्या भएको थियो । प्रहरीले हत्या गर्ने ३४ जनाविरुद्ध जिल्ला अदालत रुकुम पश्चिममा आजीवन जन्मकैदको माग गर्दै मुद्दा चलाएको छ । ५ जना भने अझै फरार छन ।
गृहमन्त्रालयको प्रतिबेदन सार्वजनिक
सरकारले जातीय विभेदका घटना दोहोरिन नदिने र रुकुम पश्चिम घटनाको दोषीमाथि कानूनी कारवाही गर्न संवेदनशील रहेको जनाएको छ । गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले आज प्रेस विज्ञप्ति जारी गरी पीडकलाई सजाय र पीडितलाई न्याय दिने कानूनी प्रक्रिया प्रारम्भ भइसकेको जनाएका छन् । उनले सो घटनाका सम्बन्धमा विस्तृत छानबिन तथा अनुसन्धानपछि न्यायिक निरुपणका लागि अभियोजन भइसकेको जनाएका छन् । उनले मृतकको परिवार तथा घाइतेलाई मनासिव क्षतिपूर्ति भराउन अदालतमा माग दाबी भई पीडकलाई सजाय र पीडितलाई न्याय दिने कानूनी प्रक्रिया प्रारम्भ भइसकेको बताए । घटनाका सम्बन्धमा गृह मन्त्रालयद्वारा गठित छानबिन समितिले घटनाका सम्बन्धमा विस्तृत छानबिन गरी दोषीलाई कानूनबमोजिम कारबाही हुन सिफारिश गरेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #रुकुम सोती हत्याकाण्ड
ताजा खबर
- १‘लुटतन्त्र‘ सच्याउने मोडमा छौँ, इमान्दार व्यवसायी डराउनु पर्दैनः अर्थमन्त्री स्वर्णिम वाग्ले
- २सरकारको कार्यशैलीप्रति गगन थापाको प्रश्नः ‘हाम्रो नम्रतालाई कमजोरी नठानियोस्’
- ३सरकारले एकपछि अर्को जनविरोधी काम गरिरहेको छः माधवकुमार नेपाल
- ४बल्खुका सुकुम्बासीको आक्रोशः विकल्प र पूर्वजानकारी बिना नै बस्ती हटाइएको गुनासो
- ५सुकुम्बासीको ‘स्क्रिनिङ’: १ सय ६४ जनाले बुझाए विवरण



तपाईको कमेन्ट लेख्नुहोस्