नेपालमा नयाँ रेकर्डः एकै दिन ४५१ संक्रमित थपिए, पुग्यो संक्रमित संख्या ६,२११

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ४ सय ५१ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । जसमा ३५ महिला र ४ सय १६ जना पुरुष रहेका छन् । सोमबारको नियमित प्रेस सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले ३५ महिलासहित ४ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । यो रेकर्ड अहिलेसम्मकै धेरै हो । यससँगै नेपालमा कोरोना संक्रमतिको संख्या ६ हजार २ सय ११ पुगेको छ ।
२४ घण्टामा थप ६७ जना उपचारपछि संक्रमणमुक्त भएका छन् । जसमा ७ महिला र ७० पुरुष रहेका छन् । यो सँगै नेपालमा कोरोना जित्नेको जम्मा संख्या १ हजार ४१ पुगेको छ । यो एक दिनमा कोरोनाबाट कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #कोरोनाभाइरस संक्रमित
ताजा खबर
- १संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज आउने
- २माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीयः सूर्य थापा
- ३नेपाल वायुसेवा निगम ६८ औँ वर्षमा प्रवेश, आर्थिक रूपमा धराशायी, सेवा खस्किँदो
- ४स्पेनका समकक्षीद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी
- ५कुलिङ पिरियडमा गरिएको हेरफेर संसदको अपमान भयोः शेखर कोइराला
तपाईको कमेन्ट लेख्नुहोस्