एकै दिन थप ४ सय २५ जनामा कोरोना पोजेटिभ, संक्रमितको संख्या ५,७६०
काठमाडौं । आइतबार एकै दिन नेपालमा थप ४ सय २५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा ३७५ पुरुष र ५० जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको छ । जसमा पुरुष ५ हजार ३ सय २४ र महिला ४ सय ३६ जना रहेका छन् । यस्तै गत २४ घण्टामा ६१ जना डिस्चार्ज भएका छन् । जसमा ६ जना महिला र ५५ जना पुरुष रहेको मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोना निको हुनेको कूल संख्या ९ सय ७४ पुगेको छ । निको भएर घर फर्किनेमध्ये पुरुष ८ सय ७७ जना र महिला ९७ जना रहेको मन्त्रालयले जनाएको छ ।
गुल्मीमा एक जनाको मृत्यु
कोरोनाबाट गुल्मीका ३६ वर्षीय युवाको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । गुल्मीका ३६ वर्षीय युवाको कोरोनाभाइरसका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचापरिक रुपमा पुष्टि गरेको छ । गत जेठ १२ गते प्रदेश प्रयोगशाला भैरहवामा गरिएको स्वाब परीक्षणमा उनमा कोरोना पुष्टि भएको थियो । त्यसयता रेसुंगाको आइसोलेशनमा उपचाररत उनको जेठ ३१ गते राति मृत्यु भएको थियो । क्यान्सर रोगबाट पीडित उनी भारतबाट आएका थिए ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #कोरोनाभाइरस संक्रमण
ताजा खबर
- १३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- २सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ३आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ४जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन
- ५संसद अवरोध हटाउन सभामुखलाई सकस, प्रधानमन्त्रीको जवाफ माग्दै प्रतिपक्षको निरन्तर बिरोध



तपाईको कमेन्ट लेख्नुहोस्