एकै दिन थप ४ सय २५ जनामा कोरोना पोजेटिभ, संक्रमितको संख्या ५,७६०

काठमाडौं । आइतबार एकै दिन नेपालमा थप ४ सय २५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा ३७५ पुरुष र ५० जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको छ । जसमा पुरुष ५ हजार ३ सय २४ र महिला ४ सय ३६ जना रहेका छन् । यस्तै गत २४ घण्टामा ६१ जना डिस्चार्ज भएका छन् । जसमा ६ जना महिला र ५५ जना पुरुष रहेको मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोना निको हुनेको कूल संख्या ९ सय ७४ पुगेको छ । निको भएर घर फर्किनेमध्ये पुरुष ८ सय ७७ जना र महिला ९७ जना रहेको मन्त्रालयले जनाएको छ ।
गुल्मीमा एक जनाको मृत्यु
कोरोनाबाट गुल्मीका ३६ वर्षीय युवाको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । गुल्मीका ३६ वर्षीय युवाको कोरोनाभाइरसका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचापरिक रुपमा पुष्टि गरेको छ । गत जेठ १२ गते प्रदेश प्रयोगशाला भैरहवामा गरिएको स्वाब परीक्षणमा उनमा कोरोना पुष्टि भएको थियो । त्यसयता रेसुंगाको आइसोलेशनमा उपचाररत उनको जेठ ३१ गते राति मृत्यु भएको थियो । क्यान्सर रोगबाट पीडित उनी भारतबाट आएका थिए ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #कोरोनाभाइरस संक्रमण
ताजा खबर
- १फेरि इन्धनको मूल्यमा भारी वृद्धि, अब एक लिटर पेट्रोलको १ सय ८० रुपैयाँ
- २काठमाडौंमा बालेन्द्र र चितवनमा रेनुको चर्चा,यो चुनावमा यसरी उदाय स्वतन्त्र उमेद्वार
- ३मतदातालाई धन्यवाद दिन गाउँ पुगे नेतासँगै रुकुम मुसिकोटका मेयर महेन्द्र केसी
- ४८ वर्षअघिको बलात्कार घटना सार्वजनिक भएपछि पक्राउ परे मनोज पाण्डे
- ५आठ वर्षअघिको बलात्कार घटनाको छानविन गर्न प्रहरीले बनायो एसएसपी नेतृत्वको समिति
तपाईको कमेन्ट लेख्नुहोस्