अव नीजि सवारी साधन चल्ने, दुई सिप्टमा कार्यालय खुल्ने
काठमाडौं । सरकारले चैत ११ गतेदेखि जारी गरेको लकडाउन बिहिबारदेखि खुकुलो बनाउने निर्णय गरेको छ । ८० दिनको लकडाउनमा घरभित्र रहेका जनता अव स्वास्थ्य सुरक्षा अपनाएर बाहिर निष्कन पाउनेछन् । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले लकडाउन खुकुलो पार्ने २१ दिने योजना सार्वजनिक गरेको हो । शुक्रबारदेखि उपत्यकाभित्र र अन्य जिल्लाभित्र निजी सवारी साधन जोर बिजोर प्रणालीअनुसार चलाउन पाइनेछ । के कस्ता निर्णय गरेको छ त सरकारले बुदाँगत रुपमा हेरौं ।
मोटरसाइकलमा एक जना मात्रै चढ्न पाउने
सरकारले मोटरसाइकलमा एक जना मात्र चढ्न पाउने गरी लकडाउन खुकुलो बनाएको हो । चारपाङ्ग्रेमा दुई जना मात्र चढ्न पाउनेछन् । जोर र बिजोर नम्बरका निजी सवारी साधन जोर र बिजोर गतेमा चल्न पाउने सरकारले निर्णय गरेको हो । तर, अन्तरिक तथा बाह्य हवाई सेवा बन्द नै रहनेछन । सरकारले सार्वजनिक यातायात तत्काल नचलाउने निर्णय गरेको छ ।
उद्योग, पसल, डिपार्टमेन्टल स्टोरहरुलाई खुला
त्यस्तै सरकारले उद्योग, पसल, डिपार्टमेन्टल स्टोरहरुलाई खुला गरिएको छ। अव मानिसहरु पैदल हिँड्ने पनि पाउने छन्। तर, सामाजिक दुरी कायम गर्न सरकारले आग्रह गरेको छ। यस्तै, पसल र डिपार्टमेन्ट स्टोरहरू खोल्न पाइनेछ । तर सपिङ मलहरू खुला हुने छैनन् । रेस्टुरेन्टहरू प्याकिङ र टेक अवे सेवा दिने गरी खुला गर्न सकिनेछ भने क्वारेन्टिन बनाइएका बाहेकका होटलहरू बन्द नै रहनेछन् ।
सरकारी कार्यालय दुई सिफ्टमा
कोरोना महामारी रोकथामका लागि सुरक्षात्मक उपाय अपनाउन र कर्मचारीबीच दुरी कायम गर्न कार्यालय दुई सिफ्ट चलाउने निर्णय निर्णय सरकारले गरेको छ । असार १ गतेदेखि सबै सरकारी, निजी र बैङ्क तथा वित्तीय संस्थासम्बन्धी कार्यालय बिहान ८ बजेदेखि १ बजेसम्म र १ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुनेछन् । आर्थिक वर्षको अन्तिम समय भएकाले धेरै काम हुने र कार्यालयमा पनि भौतिक दुरी कायम गर्नुपर्ने भएकाले दुई सिफ्टमा सञ्चालन गर्न लागिएको हो ।
बिद्यालय तथा सिनेमा हल बन्द
विद्यालय तथा शैक्षिक संस्थाहरू भने बन्द रहनेछन् । सभा समारोह, प्रदर्शन गर्न पाइने छैन भने सिनेमा हल, डान्सबार, पुस्तकालय, संग्रहालय, समूहमा खेलिने खेल, स्वीमिङ पुलहरू पनि खुला हुने छैनन् । सरकारले तोकेका २० बाहेक अरू अन्तर्राष्ट्रिय सीमा नाका पनि बन्द नै रहनेछ ।
कुन कुन क्षेत्रमा लकडाउन यथावत रह्यो त ?
१ शैक्षिक संस्थाहरु यसभित्र विद्यालय, कलेज, ट्युसन सेन्टर र तालिम केन्द्रहरू
२ अनुमतिप्राप्त बाहेकका अन्तर्राष्ट्रिय र आन्तरिक उडानहरू
३ तोकिएको बाहेक अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवत जावत
४ सबै प्रकारका सभा, गोष्ठी, तालिम र सेमिनार
५ सबै प्रकारका प्रदर्शन, भेला तथा सम्मेलन ।
६ सिनेमा हल, पार्टी प्यालेस, डान्सबारलगायतका मनोरञ्जनस्थल
७ सार्वजनिक पुस्तकालय, संग्रहालय, चिडियाखाना
८ स्पा, सैलुन र ब्युटीपार्लर
१० स्विमिङ पुल, जिमखानालगायतका हेल्थ क्लबहरू
११ सपिङ मलहरू
१२ समूहमा खेलिने खेलकुद र खेल मैदानमा हुने प्रस्तुतिहरू
१३ सबै प्रकारका धार्मिक तथा सामाजिक स्थलहरू
१४ यात्रुवाहक सार्वजनिक सवारी साधन । पर्यटक सवारी साधनसमेत ।
१५ काठमाडौं उपत्यकाको हकमा काठमाडौं उपत्यकाभित्र र अन्य जिल्लाको हकमा सोहीसँग सम्बन्धित जिल्लाभित्र मात्र जोर बिजोर प्रणालीमा सञ्चालन हुने निजी सवारी साधनबाहेकका अन्य निजी सवारी साधन
सरकारले लकडाउन खुकुलो बनाउने निर्णय त गर्यो तर बजारमा सुरक्षा सर्तकता अपनाएको देखिदैन । थप कोरोनाको जोखिम कम गर्न सरकारले त्यसतर्फ भने ध्यान दिन जरुरी छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #लकडाउन खुकुलो
ताजा खबर
- १विस्तृत शान्ति सम्झौताको १८ वर्षः युद्ध गर्ने नेताको जीवनशैली फेरियो, पीडितका दुख भने उस्तै
- २बालुवाटारमा ओली-देउवासहित कांग्रेस र एमालेका शीर्ष नेताहरू छलफलमा
- ३प्रधानमन्त्री, मन्त्री र जनप्रतिनिधिले अनुमति नलिइ उपनिर्वाचनको प्रचारमा हिँड्न नपाउने
- ४मेडिकल व्यवसायी दुर्गा प्रसाईं दोस्रो पटक पक्राउ, प्रधानमन्त्री ओलीविरुद्ध भ्रामक सामग्री प्रचार गरेको आरोप
- ५हिरासतमा रहेका रवि लामिछानेको बोलीले प्रहरी तनावमा,मौका पाउने बित्तिकै सरकारलाई गाली !
तपाईको कमेन्ट लेख्नुहोस्