संसदमा प्रधानमन्त्री र सांसदहरुको सवाल–जवाफ,करिव १० अर्वको हिसाव माग
काठमाडौं । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै चौतर्फी आलोचना भइरहेको छ । सरकारले कोरोना परिक्षणको दायरा नबढाएको बिभिन्न जिल्लामा किटको अभावसँगै परिक्षण रोकिएको भन्दै बालुवाटारमै दवाव दिन आन्दोलन भयो । आन्दोलनकारीलाई प्रहरीले लाठी र पानीको फोहोराले तितरबितर बनायो । अर्कोतर्फ काठमाडौंको माइतीघर मण्डला दिनहुँ तातिरहेको छ । प्रहरी र प्रर्दशनकारीको झडप दैनिकी जस्तै बनेको छ । एमसीसी पारित गर्न नहुने र रुकुम सोती हत्याकाण्डबारे छानविनको माग गर्नेहरुमाथि सरकारले दमन गरिरहेको छ ।
लकडाउनले देश नै ठप्प रहेको बेला सरकारलाई दवाव दिन आन्दोलन चलिरहेका छन् । बालुवाटार र माइतीघर मण्डला त उदाहरण मात्रै हुन् । बिभिन्न जिल्लामा रहेका क्वारेन्टाइन हुन् या सीमा नाकामा अलपत्र परेका सर्वसाधारण सरकारको काम प्रति सन्तुष्ट छैनन् । बिदेशमा अलपत्र नेपालीहरुले समेत भिडियो सन्देश दिदै सामाजिक सञ्जालबाट आफूहरुलाई उद्धार गर्न निरन्तर रुवावासी गरिरहदा सरकार भने तयारी गर्देछौं भन्दै बसिरहेको छ । यी सर्वसाधारणका आवाजलाई प्रतिनिधित्व गर्दे प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सवाल जवाफ भएको छ । प्रधानमन्त्री ओलीमाथि प्रतिपक्षी दलका सांसदहरुले प्रश्नै–प्रश्न ते¥याएका छन् । स्वास्थ्य सामग्री खरिददेखि पीसीआर मेसिन नचलेको सम्म प्रश्न सांसदहरुले उठाए । सांसदहरुले क्वारेन्टाइनको मापदण्ड आफैले नपढेको, नेपालीको रोग प्रतिरोधात्मक क्षमता बढी छ भन्ने प्रधानमन्त्रीको भनाईमाथि प्रश्न उठाउदै स्वास्थ्य सामाग्रीको सूची राखेर संसदमा खुल्ला छलफल गर्न चुनौती समेत दिए । गृह मन्त्रालयमा विपद्ध व्यवस्थापन प्राधिकरण हुँदा हुँदै रक्षा मन्त्रालय मातहत रहनेगरी सेनालाई अघि सारेर सीसीएमसी गठनको औचित्यबारे समेत सांसदको प्रश्न थियो ।
उनीहरुले जताततै भ्रष्टचार मौलाएको भन्दै चिन्ता ब्यक्त गरे । निर्मला हत्या काण्डका दोषि पत्ता नलागेको र रुकुम पश्चिमको सोती घटनाबारे प्रधानमन्त्री ओली नबोलेको भन्दै सांसदहरुले प्रश्न सोधे । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र राष्ट्रिय योजना आयोगको बजेटमाथि उठेका प्रश्नमा जवाफ दिन संसदमा पुगेका प्रधानमन्त्री ओलीले प्रतिपक्षका धेरै प्रश्नको सामना गर्नुप¥यो । सुरुमा मन्त्रालयत बजेटबारे जानकारी गराएका प्रधानमन्त्री ओलीलाई स्पष्टिकरण माग गर्दै प्रश्न सोधेका थिए । प्रधानमन्त्री ओलीले सांसदहरुले भनेजस्तो नभई सरकारले प्रभावकारी काम गरेको दाबी गरे । प्रधानमन्त्री ओलीले अहिलेको सरकार राष्ट्र र स्वाभिमानका लागि निरन्तर लागि रहेको संसदमा जानकारी दिए । नेपालको भूमि फिर्ता ल्याउन सरकारले पहल गरिरहेको प्रधानमन्त्रीको भनाई थियो । उनले कालापानीमा भारतीय पक्षले सेना राखेर कब्जा गरेको भन्दै फिर्ता ल्याउन कुटनितिक पहल जारी राखेको संसदमा जानकारी गराए ।
प्रधानमन्त्री ओलीले सांसदहरुको प्रश्न त निर्धक्क भएर संसद बैठकमा दिए । तर, साढे दुई महिना लामो लकडाउनले जनताको चुल्हो बल्न नै धौ धौ भइसकेको छ । कोरोना नियन्त्रण तथा रोकथामका लागि गरिएको तयारीमा भने सरकार कमजोर देखिन्छ । प्रदेश र स्थानीय सरकारले समेत संघीय सरकारबाट सहयोग नपाएको गुनासो बढिरहँदा क्वारेन्टाइन र आइसुलेसनमा बसेका सर्वसाधारणको बसाई र खानपिन निक्कै कष्ठकर छ । हप्तौसम्म कोरोना परिक्षणको रिपोर्ट कुरिरहेका सर्वसाधारण सरकार कहाँ छ भन्दै खोजिरहेका छन् ।। ००
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #सवाल–जवाफ
ताजा खबर
- १सडकमा हिड्दा हिड्दै कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी पक्राउ
- २बढ्यो पेट्रोल र डिजेलको मूल्य
- ३मनकामना केबलकार असोज २९, ३० र कात्तिक १ गते बन्द
- ४एमालेलाई मिनबहादुरको १० रोपनी जग्गा दान, शिलान्यास गर्ने ओलीमाथि उठ्यो प्रश्न !
- ५सहकारीको एउटै प्रकरणमा सरकारको विभेद, कोही जेल कोही खुलेआम चुनौति दिदैं राजनीतिमा !
तपाईको कमेन्ट लेख्नुहोस्