नेपालमा थप २७९ जनामा कोरोना पुष्टि, २ लाख ८३ हजार कोरोना परिक्षण
काठमाडौं । बुधवार थप २ सय ७९ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । मुलुकका बिभिन्न स्थानमा रहेको प्रयोगशालको नतिजाका आधारमा २ सय ७९ जनामा बुधवार संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । योसँगै नेपालमा संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको छ । बुधवार ९० जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । अहिलेसम्म जम्मा ६ सय ७४ जना डिस्चार्ज भएका छन् । संक्रमितमध्ये अहिलेसम्म १५ जनाको निधन भएको छ ।
नेपालमा अहिलेसम्म कूल २ लाख ८३ हजार ६ सय २४ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ । १ लाख १० हजार ७ सय ४४ वटा पिसीआर परीक्षण र १ लाख ७२ हजार ८ सय ८० आरडीटी टेस्ट भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ४ सय १४ वटा पिसिआर परिक्षण भएको छ भने आरडिटी विधिबाट ६ हजार ७ सय २२ वटा परिक्षण भएको छ । दुवै विधि गरेर पछिल्लो २४ घण्टामा ११ हजार १ सय ३६ वटा परीक्षण भएको छ ।
हालसम्म देशभरका क्वारेन्टाइनमा १ लाख ७२ हजार २ सय ६६ जना रहेका छन् । ३ हजार ६ सय ७५ जना संक्रमितको आइसोलेनमा उपचार हुँदैछ । त्यसैगरी अहिलेसम्म ६ सय ७४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा ९० जना निको भएर घर फर्किएका हुन् । तिमध्ये २ जना महिला र ८८ जना महिला रहेका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #कोरोना भाइरसको संक्रमण
ताजा खबर
- १जेन–जी विद्रोहमाथि दमन गर्नेहरूलाई अन्तरर्राष्ट्रिय रूपमा समेत घेराबन्दी गर्छौंः गृहमन्त्री अर्याल
- २केपी ओलीकै नेतृत्वमा एमाले अघि बढ्छः लेखराज भट्ट
- ३राजेन्द्र लिङदेनको प्रस्तावः राजा, राजनीति दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं
- ४केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य
- ५पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द १०१ संस्थाद्वारा सम्मानित



तपाईको कमेन्ट लेख्नुहोस्