Techie IT
  • ८ माघ २०८१, मंगलबार
KhojPatrika

लकडाउन खोल्नेबारे सरकार मौन, बजारमा खुल्न थाले पसल, सडकमा गुड्न थाले सवारी साधन


काठमाडौं । सरकारको निर्देशन विपरित पछिल्ला दिनहरुमा लकडाउनविरुद्ध मानिसहरु उत्रन थालेका छन्। पसलहरु खुल्न थालेका छन् भने सडकमा सवारी साधनहरु पनि बाक्लिएका छन्। मंगलबार बिहान पख राजधानीका विभिन्न स्थानहरुमा व्यवसायी र प्रहरीबीच झडप पनि हुन थालेको छ। मंगलबार न्युरोडलगायत क्षेत्रमा प्रहरीले पसलहरु बन्द गर्न थालेपछि व्यवशायीहरु प्रदर्शनमा उत्रिएका थिए। लकडाउनको मोडालिटी परिवर्तन गर्ने विषयमा सरकार अलमलिँदा सर्वसाधारणहरुले भने सास्ती पाएका छन् ।

सरकारले १८ जेठयता लकडाउनको मोडालिटी परिवर्तन गर्ने तयारी गर्दै आएको छ । लकडाउन ३२ जेठसम्म तोकिएपनि त्यसभन्दा अगाडि नै मोडालिटी परिवर्तन गर्ने सरकारको तयारी थियो । लकडाउन लम्बिदै गएपछि व्यापारीहरुले पसलहरु भने खुला गरेका थिए । साना उद्योगी–व्यापारीहरुको छाता संस्था नेपाल राष्ट्रिय व्यावसायी महासंघले २१ जेठमा निर्णय गराएर २२ जेठदेखि पसल खुला गराउन शुरु गरेका थिए ।

मंगलबार बिहान न्युरोड क्षेत्रका पसल बन्द गराउँदै हिँडेको प्रहरी टोली र व्यापारीहरुबीच घम्साघम्सीसमेत भयो । सरकारले लकडाउनको मोडालिटीमा कुनै परिवर्तन नगरेको बताउँदै प्रहरीले लकडाउन कार्यान्वयनमा कडाइ गदै पसल बन्द गराउन थालेपछि स्थिति नियन्त्रणमा लिन लाठी चार्ज गरेको थियो । लकडाउनको मिति थपिदै गर्दाे सरकारले कुनै विकल्प नदीएपछि ब्यापारीहरुले जेठ २२ गते देखि बिहान आठ बजे देखि एघार बजे सम्म पसल खोल्न थालेका थिए ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुबीच भएको बैठकले पनि व्यापारीलाई पसल खोल्न अवरोध नगर्ने निर्णय गरेको थियो । सम्बन्धीत निकायका अधिकारिहरुसंग सकारात्मक छलफल भएपनि अहिले एक्कासी प्रहरीले पसल बन्द गराउने कार्य निन्दनीय र अस्वीकार्य भएको ब्यवसायीले बताएका छन प्रहरीको दमनपछि ब्यवसायी विच भएको छलफलमा सरकारले ब्यवसाय गर्ने सहज वातावरण नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन । उनीहरुले तत्काल आफना मागहरुको सम्बोधन गर्ने सरकारलाई गम्भीर रुपमा प्रस्तुत हुन समेत आग्रह गरेका छन । सरकार लकडाउनको मोडालिटीमा अलमलिदा पछिल्लो समय व्यापारी मात्रै नभई आम सर्वसाधारणहले समेत सास्ती पाएका छन । जसका कारण सरकारप्रति उनीहरुको आक्रोश बढेको हो ।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्