थप एक जना कोरोना संक्रमितको मृत्यु, नेपालमा मृतकको संख्या १५ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । चितवनको भरतपुर अस्पतालमा उपचाररत भरतपुर ११ का ६८ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
उनलाई सोमबार राति स्थानीय नारायणी सामुदायिक अस्पतालबाट भरतपुर अस्पताल सारिएको थियो । मंगलबार बिहान ७ बजेर ५ मिनेटमा उनको मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #कोरोना संक्रमितको मृत्यु
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्