थप एक जना कोरोना संक्रमितको मृत्यु, नेपालमा मृतकको संख्या १५ पुग्यो
काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । चितवनको भरतपुर अस्पतालमा उपचाररत भरतपुर ११ का ६८ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
उनलाई सोमबार राति स्थानीय नारायणी सामुदायिक अस्पतालबाट भरतपुर अस्पताल सारिएको थियो । मंगलबार बिहान ७ बजेर ५ मिनेटमा उनको मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #कोरोना संक्रमितको मृत्यु
ताजा खबर
- १सन्तान र जीवनसाथी गुमाएको पीडा सुनाउँदै प्रचण्डले भने, ‘मलाई खलनायक बन्ने छुट छैन’
- २पशुपति माविमा मुसिकोट नगरपालिका स्तरीय चौथो ‘मेयर कप’
- ३कांग्रेस मुसिकोटको बैठकः घरदैलो र मतदाता भेटघाटलाई तीव्रता दिइने
- ४अजयबाबुको अभियानले गर्माउँदै दोलखाको चुनावी माहोल
- ५रहेनन् बालेनको प्रचारमा हिँडेका पत्रकार दिनेश सिटौला, के हो घटना ?



तपाईको कमेन्ट लेख्नुहोस्