रुकुमपश्चिमको सोती घटनाबारे छानविन गर्न संसदीय बिशेष समिति गठन

काठमाडौं । ६ जनाको ज्यान जाने गरी भएको रुकुम पश्चिमको चौरजहारीको सोती घटनाको छानविनका लागि संसदीय विशेष समिति गठन भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय विशेष समिति गठनको माग गरेर संसद बैठक अवरुद्ध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले समिति गठन गर्ने प्रतिबद्धता जनाएका थिए । सोही प्रतिबद्धता अनुसार नै सांसद देवन्द्र पौडेलको संयोजकत्वमा नौ सदस्यीय संसदीय छानविन समिति गठन भएको हो ।
समितिका सदस्यहरुमा एकवाल मिया, दुर्गा पौडेल, पार्वतीकुमारी विशुन्के, प्रकास रसाइली, विमला विक महेश्वरजंग गहतराज, मिनबहादुर विश्वकर्मा, रामसहायप्रसाद यादव रहेका छन् । सभामुखको निर्देशनमा रही समितिले आफ्नो कार्यविधि तय गरि लागू गर्न सक्नेछ । समितिले आवश्यक देखेका सम्बन्धित पदाधिकारी वा अन्य व्यक्तिको सहयोग लिन वा समितिमा आमन्त्रण समेत गर्न सक्नेछ । समितिको अन्य कार्यविधि प्रतिनिधि सभा नियमावली २०७५ बमोजिम हुनेछ । समितिले काम प्रारम्भ गरेको मितिले ३० दिनका लागि काम गर्ने छ । गत जेठ १० बेलुका जाजरकोटका नवराज विकसहितका ६ जना युवाहरुको चौरजहारीका स्थानीयको कुटपीटबाट ज्यान गएको थियो ।
सोती घटना यस्तो थियो
कोरोनाको कहर चलिरहदा २०७७ जेठ १० गते शनिबार रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोती गाउँमा एउटा बिभत्स घटना भएको थियो । जाजरकोटका छ जना युवाहरुको भेरी नदिमा शब भेटिएको छ । जाजरकोट भेरी नगरपालिका ४ का नवराज बिक आफ्नो अन्तरजातीय प्रमेलाई बिबाहमा परिणत गर्न भन्दै जेठ १० गते साँझ पाँच बजे आफ्ना १९ जना साथीहरु सहित रुकुम पश्चिम सोतीस्थित पे्रमिका सुष्मा मल्लको घर पुग्छन् । केही टाढाबाटै नवराजलाई देखेकी सुष्माकी आमाले जातिय आधारमा गाली गलौच गरेपछि नवराज सहित युवाहरुको समुह फर्किन्छन ।
केही मिटरमात्रै फर्कन नपाउँदै स्थानीयले घेराबन्दीमा परेका उनीहरु मध्ये केहीले निर्घात कुटपिटको सामना गर्नुपर्छ भने केही साथीहरु भागेर ज्यान बचाउन सफल भएका थिए । यसरी अन्तरजातिय प्रेमलाई बिबाहमा परिणत गराउन पुगेका युवाहरुमाथी कुटपीट र हत्या भएको भनिएको घटनामा स्थानीय वडा अध्यक्ष डम्बरबहादुर मल्ल समेत संलग्न भएको आरोप लागिरहेको छ । सँगै गएर भागेर ज्यान जोगाएका युवाहरु मात्रै होइन्, स्थानीय इलाका प्रहरी कार्यालयका प्रहरीहरु पनि लखेटी लखेटी कुटिएको प्रत्यक्ष रुपमा देखेको र आफूहरुले नकुट्नुभन्दै सम्झाउदा समेत नटेरेको भनिरहेका थिए ।
घरेलु हतियारसहित आएका स्थानीयहरुले घेरा हालेर निर्घात कुटपिट गर्दा साथीहरुको ज्यान साथीहरुले बताएका थिए । एक जना बाटैबाट फर्किएर जोगिए भने बाँकी १२ जनाले भागेरै ज्यान जोगाएको दाबी गरिरहेका छन् । प्रहरीले अहिलेसम्म चौरजहारी नगरपालिका–८ का वडाध्यक्षसहित २३ जनालाई नियन्त्रणमा लिएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #रुकुम पश्चिम
ताजा खबर
- १सरकारले यो वर्ष पनि भेटाएन सर्वोत्कृष्ट निजामती कर्मचारी !
- २संघीय निजामती र शिक्षा ऐन संसदमा दर्ता गर्ने सरकारको निर्णय
- ३कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीलाई २४ घण्टाभित्र नियुक्त गर्न परमादेश, उद्धव थापा पदमुक्त
- ४कोशी सरकार विरुद्धको रिटमा आज पनि बहस
- ५प्रतिनिधि सभा बैठकमा आज चार जना मन्त्रीसँग प्रश्नोत्तर
तपाईको कमेन्ट लेख्नुहोस्