होला त लकडाउन खुकुलो ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन लगायत विषयमा छलफल गर्न बिभिन्न क्षेत्रका बिज्ञहरुलाई परामर्शका लागि बोलाएका छन् । छलफलका लागि उनले आज दिउँसो चार बजे विज्ञहरुलाई बालुवाटार बोलाएका हुन् । आर्थिक, सामाजिक र स्वास्थ्यलगायत क्षेत्रका २५ जना विज्ञलाई छलफलका लागि बालुवाटार बोलाइएको हो । यो छलफलपछि मात्रै लकडाउनको मोडालिटीबारे निर्णय लिइने बुझिएको छ ।
सरकारले लकडाउन थप्ने मात्रै गरेको भन्दै ब्यवसायी तथा उद्योगीले आपत्ती जनाउदै आएका छन् । सरकारले आठौं चरण अन्र्तगत कोरोना नियन्त्रणका लागि जेठ ३२ गतेसम्म लकडाउन लम्ब्याए पनि नेपालमा संक्रमितहरुको संख्या बढिरहेको छ । लकडाउनको मोडालिटी परिवर्तन गर्न र आर्थिक गतिविधि सुरु गर्न सरकारमाथि चौतर्फी दबाब परिरहेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #लकडाउन’
ताजा खबर
- १सरकारले यो वर्ष पनि भेटाएन सर्वोत्कृष्ट निजामती कर्मचारी !
- २संघीय निजामती र शिक्षा ऐन संसदमा दर्ता गर्ने सरकारको निर्णय
- ३कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीलाई २४ घण्टाभित्र नियुक्त गर्न परमादेश, उद्धव थापा पदमुक्त
- ४कोशी सरकार विरुद्धको रिटमा आज पनि बहस
- ५प्रतिनिधि सभा बैठकमा आज चार जना मन्त्रीसँग प्रश्नोत्तर
तपाईको कमेन्ट लेख्नुहोस्