२ हजार ९९ संक्रमितमध्ये कुन प्रदेशमा कति ? बिवरण सहित
काठमाडौं । नेपालमा मंगलबार एकै दिन २ सय ८८ जनामा कोरोना देखिएपछि देशभर संक्रमितको संख्या करिव २१ सय पुगेको छ । संक्रमित मध्ये यपचारपछि निको भएर हालसम्म २ सय ६६ जना घर फर्किएका छन् भने ८ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् । पछिल्लो समय कोरोना संक्रमितको संख्या ह्वात्तै बढिरहेको छ । बुधबारदेखि मंगलबारसम्म आइपुग्दा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ ।
कुन प्रदेशका कति संक्रमित
प्रदेश नम्बर १ मा १ सय २०
प्रदेश नम्बर २ मा ७ सय ११
बागमती प्रदेशमा २२
गण्डकी प्रदेशमा ३४
प्रदेश नम्बर ५ मा ६ सय २२
कर्णाली प्रदेशमा २ सय ५१
सुदूरपश्चिम प्रदेशमा ६५
यी प्रदेशमा भएका १ हजार ८ सय २५ जना संक्रमितहरुको आइसोलेसनमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
हालसम्म गरिएको परिक्षण
मंगलबार दिउँसो सवा ४ बजे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पीसीआर विधिबाट ७५ अजार ३ सय ४३ र आरडिटी विधिबाट १ लाख १६ हजार ३ सय ४५ वटा परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ३ हजार ४ सय ४० र आरडिटी विधिबाट २ हजार ५ सय ८८ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ ।
प्रदेश नम्बर १ मा १२ हजार ४ सय ५१
प्रदेश नम्बर २ मा ७ हजार ५
बागमती प्रदेशमा २५ हजार ७ सय ३६
गण्डकी प्रदेशमा ९ हजार ६१
प्रदेश नम्बर ५ मा २५ हजार ४ सय ९४
कर्णाली प्रदेशमा १४ हजार ५३
सुदूरपश्चिम प्रदेशमा २२ हजार ५ सय ४५
यस्तै, देशका विभिन्न क्वारेन्टाइनमा १ लाख ४५ हजार ३ सय ७५ जना रहेका छन् । जसमा प्रदेश नम्बर १ मा ३ हजार ६ सय ३५, प्रदेश नम्बर २ मा २२ हजार ५ सय ३६, बागमती प्रदेशमा ३ हजार ८ र गण्डकी प्रदेशमा ४ हजार ३ सय १५ जना रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ४० हजार ६ सय १७, कर्णाली प्रदेशमा २६ हजार ४ सय हजार ४७ र सुदूरपश्चिम प्रदेशमा ४४ हजार ८ सय १७ जना क्वारेन्टाइनमा रहेका छन् । उनीहरुमध्ये धेरै जसो भारतबाट आएका सर्वसाधारण हुन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #संक्रमितको संख्या
ताजा खबर
- १भीम रावललाई घनश्याम भुसालको आह्वानः एकीकृत समाजवादीमा आउनुस्
- २लिपुलेकबारे चीन–भारत सहमतिले नेपालको सार्वभौमिक अखण्डता अतिक्रमण भयोः विप्लव
- ३कांग्रेसको एक वर्षभित्र महाधिवेशन गर्न दबाब बढाउनुसः शेखर कोइराला
- ४भारतीय पूर्वप्रधानमन्त्री सिंहको राजकीय अन्त्येष्टि
- ५माओवादी पहिलो दल भए गिरिबन्धु, वाइडबडी सबै फाइल खोल्ने प्रचण्डको चेतावनी
तपाईको कमेन्ट लेख्नुहोस्