रुकुमपश्चिमको घटनालाई लिएर संसदमा चर्काचर्की, राजनीतिक रंग दिने प्रयत्न

काठमाडौं । मंगलबारको प्रतिनिधिसभा बैठकमा जव पूर्वगृहमन्त्री तथा रुकुम पश्चिमका सांसद जनार्दन शर्माले चौरजहारी घटनाका दोषीलाई बचाउन कुनै राजनीतिक दवाव भएको छैन् र झडपपछि युवाहरुले नदीमा हाम फालेको बताएपछि संसदमा प्रतिपक्षी दल नेपाली कांग्रेसले नियमापत्ती जनायो । शर्माले घटना राजनीतिकरण हुनै सक्दैन भन्दै गर्दा संसदमा देखिएको यो चर्काचर्कीले रुकुमको घटनामा राजनीति मिसिएको प्रष्ट झल्को दिन्थ्यो ।
सत्तापक्ष र प्रतिपक्षको टकरावले रुकुमपश्चिमको घटनामा राजनीति मिसिएपछि थप रहस्यमय बनेको छ । कांग्रेसले त जाजरकोट र रुकुमका दुई पूर्वगृहमन्त्रीले घटनालाई सामसुम पार्न खोजेको आरोप लगाउँदा नेकपाका सांसदहरुले आपत्ती जनाए । शनिबार जाजकोट भेरी नगरपालिका ४ का नवराज बिकसहित १९ जना चौरजहारी नगरपालिका ८ सोतीमा मल्ल थरकी केटी बिबाहका लागि लिन पुगेका थिए । तर, अन्तरजातिय केटालाई छोरी नदिने भन्दै उनीहरुबीच भएको बिबादले उग्र रुप लिएपछि ३ जनाले ज्यान गुमाएका छन् भने तीन जना अझै बेपत्ता छन् । सोही घटनामा सांसदहरुले चौरजहारी नगरपालिका ८ का वडाध्यक्ष डम्बरबहादुर मल्लको पनि संलग्नता भएको भन्दै गृहमन्त्री रामबहादुर थापासँग जवाफ मागे । सँगै उनीहरुले वडाध्यक्षलाई राजनीतिक दबाब छाडिएको भन्ने सुनिएको छ, के हो भनेर समेत प्रश्न गरे ।
राष्ट्रिय सभामा वडाध्यक्ष मल्लको पनि संलग्नता रहेको बताएका गृहमन्त्री थापा प्रतिनिधि सभा बैठकमा त सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा आफूलाई केहि थाहा नभएको बताए । कतिसम्म भने उनले प्रहरीले अनुसन्धान अगाडी बढाए नबढाएको विषयमा पनि जानकारी नभएको बताएका छन् । गृहमन्त्रीको यो जवाफले यति गम्भीर अपराधका विषयमा सरकारले निष्पक्ष छानविन गर्ला भनेर विश्वास गर्न सकिने आधार देखिदैन । सायद त्यसैले हुनसक्छ सांसदहरुले संसदीय छानविन समिति गठन गर्न जोडदार रुपमा माग गरे । तर, यो मागको सुनवाई नगरि गृहमन्त्रालयले भने मन्त्रालयका सहसचिवको संयोजकत्वमा वरिष्ठ प्रहरी उपरीक्षक, राष्ट्रिय अनुसन्धान र महान्यायाधिवक्ता कार्यालयका प्रतिनिधिहरू तथा गृह मन्त्रालयको उपसचिव रहेको छानबिन समिति बनाएको छ ।
जातियताको आधारमा हत्या भएको घटनालाई समेत राजनीतिक रंग दिनेगरी अभिब्यक्ती आइरहेका छन् । जसले कर्णाली प्रदेश मात्रै होइन संघीय संसदका दुबै सदन तातिएका छन् । शसस्त्र द्धन्दको उद्गम थलो मानिने रुकुममा भएको यो घटनाले राजनीतिक आडमा कतै न्याय त मर्ने होइन भन्ने प्रश्न पनि उब्जाइदिएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #चौरजहारी घटनाका
ताजा खबर
- १महेश बस्नेत र दुर्गा प्रसाईँको मंसिर ७ को आन्दोलन (भिडियोसहित)
- २अव माइतीघरदेखि बानेश्वरसम्म आन्दोलन गर्न नपाइने, लगाइयो निषेधाज्ञा !
- ३रुकुमपश्चिममा जिप दुर्घटना, २२ जना घाइते, ५ को अवस्था गम्भिर
- ४उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरियो यस बर्षको छठ पर्व
- ५टिकटक प्रयोग भएको पाइएमा खबर गर्न दुरसञ्चार प्राधिकरणको आग्रह
तपाईको कमेन्ट लेख्नुहोस्